चितवन, २० जेठ ।
Advertisement
नेपाली युवा उधमी मञ्च चितवनको अध्यक्षमा सूर्यभक्त अधिकारी चयन भएका छन् । मञ्चको शुक्रवार भएको पाँचौँ अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
अधिकारीको नेतृत्वमा ११ सदस्यीय समिति चयन भएको हो । मञ्चको प्रथम उपाध्यक्षमा सौराहाका व्यवसायी विकल दाहाल चयन भएका छन् भने द्वितीय उपाध्यक्षमा उमेश श्रेष्ठ रहेका छन् । समितिको कार्यकल एक वर्षको रहनेछ ।