काठमाडौं । अन्तराष्ट्रिय संजालमा जोडिएको जय नेपाल फाउनडेशनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयमा बहस गरेको छ । फाउनडेशनले प्रत्येक शुक्रवार विभिन्न समसामयिक विषयमा विषयगत विज्ञ र नेताको उपस्थितमा आयोजना बहस गर्दै आएको छ । यसपटक विद्यार्थी राजनितिलाई समेटेर बहस गरिएको हो । लोकतन्त्रमा विश्वास राख्ने पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघले हालै भएको स्ववियु निर्वाचनमा प्राप्त गरेको परिणाम , यसको समीक्षा र भावी दिशानिर्देशको बारेमा विद्यार्थी, प्राध्यापकहरूको उपस्थितिमा बहस गरिएको हो ।
विश्वभर लोकतन्त्रको लहर चलेको अवस्थामा नेबिसंघले हालसम्म १२० भन्दा बढी क्याम्पसमा मात्र विजयी हुनु र कम्युनिस्ट विद्यार्थी सङ्गठनले कम स्थानमा जित्नु राम्रो नभएको बताए। सहभागीले आन्तरिक गुटबन्दी योग्य भन्दा आसेपासेलाई छनौट गर्ने परिपाटीले कतिपय स्थानमा नेपाल विद्यार्थी संघले पराजय भोग्नु परेको बताए। भावी दिनमा नियमित रुपमा संस्थाको नेतृत्व प्रजातान्त्रिक रुपमा परिवर्तन हुने बनाएर संघलाई गतिशीलता दिन सकेमा धेरै राम्रो नतिजा हासिल प्राप्त गर्न सकिने सुझाव सहभागीहरूले दिए।
ने.का. का केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थी नेता गुरु बराल, सिन्धुली क्षेत्र नम्बर २ क प्रदेश सभापति तथा तरुण दलका पूर्व जिल्ला सभापति विजय कुँवर, महासमिति सदस्य रत्नहरि ढुंगेल, प्रशिक्षण प्रतिष्ठान सदस्य तथा नेविसंघका पूर्व महामन्त्री बलदेव तिमल्सेना, आदिवासी जनजाति संघका महासचिव तथा नेविसंघका पूर्व उपाध्यक्ष मनोहारी श्रेष्ठ, वीपी काँग्रेस महासचिव एव पूर्व विद्यार्थी नेता देवेन्द्र पौडेल, ने का जिल्ला सहसचिव एव ने वि संघ पूर्व जिल्ला सभापति शेखर मिश्र, नेविसंघ केन्द्रीय सदस्यहरू धर्मराज शाही, प्रेमिका राना मगर, सुवन गिरी, आशिष देवकोटा, जगतजंग विष्ट, जस बहादुर शाही, मिरा कटुवाल, पूर्व विद्यार्थी नेता प्रकाश महर्जन, ने का सिन्धुली नगर सचिव निकेश ढकाल, युथ फोरम सदस्य मनिषा रानाभाट, पद्म कन्या क्याम्पस सहसचिव उम्मेदवार कविता गौतम, बानेश्वर क्याम्पस सभापति उम्मेदवार निराजन कार्की, ज्ञानु तिमल्सिना, रुपेश थापा, प्रवीण तामाङ, बिजु मोक्तान, पुरुषोत्तम थापा, जय नेपाल फाउण्डेसनका सदस्य सचिव विजय राज अधिकारीले धारणा राखे । फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले विद्यार्थीमा राजनैतिक निष्ठाको संस्कार सिकाउन स्ववियुमा बहस गरिएको बताए ।
संस्थाको ४० भन्दा बढी देशमा च्याप्टर गठन भैसकेको, नेपालमा ९ सदस्यीय समिति बनेर सातै प्रदेश र ७७ जिल्ला समिति समेत बनिसकेको तथा महिला, नलेज, युवा, मिडिया, खेलकुद विभागहरू समेत गठन भैसकेको जानकारी जय नेपाल फाउण्डेसनको संस्थापक सदस्य तथा कार्यक्रम संयोजक बिजुला बर्मा रानाले दिईन । बर्माले संस्थाको सम्पर्क कार्यालय सिंहदरबारको पूर्वी गेट स्थित सम्पर्क कार्यालय रहेको र नेपालमा ९ सदस्य रहेको कमिटि रहेको तथा अन्तर्राष्ट्रिय अध्यक्षमा डा यादव पण्डित रहेको जानकारी दिए ।