चितवन – आफुले पाएको खाजा खर्च जोगाएर बालबालिकाले अनाथ बालबालिकाको लागि शैक्षिक सामाग्री सहयोग गरेका छन् । बाल सपना संगठनका बालबालिकाले खाजाको लागि अभिभाबकबाट पाएको रकम जोगाएर नारायणघाटको हाम्रो घरमा आश्रित बालबालिकाको लागि सहयोग गरेका हुन् । उनीहरुले करिब सात हजार बराबरको कापी , कलम सहितको सामाम्रीि बुधवार हस्तान्तरण गरेका हुन् । बाल सपना संगठनकी अध्यक्ष सेलेस्ता आचार्यले सामाग्री हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा हाम्रो घरका संस्थापक रामहरी श्रेष्ठको उपस्थितीमा लाई सामाग्री हस्तान्तरण गरेकी हुन् ।
Advertisement