चितवन : चितवनमा कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख भएको छ । जिल्ला सुरक्षा समितिले कर्फ्यु हटाएपछि जनजीवन सहज बन्दै गएको छ । समितिले भाद्र २६ गतेदेखि कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो । शुक्रबारदेखि अवस्था सामान्य बन्दैपछि शनिवार विहान सात बजेदेखी लागू हुनेगरि हटाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । प्रजिअ अर्यालले जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्न पनि सरोकारवालासँग अनुरोध गरेका छन् । आन्दोलनको क्रममा चितवनका अधिकांस सरकारी कार्यालय, जनप्रतिनिधिका निजि निवासमा क्षति पुगेको छ । कार्यालय सरसफाईको सरसफाई गराउन निर्देशन दिइएको छ । जेन(जी प्रदर्शन सुरू भएपछि सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति, व्यवसायिक प्रतिष्ठान, व्यक्तिका घर तथा पार्टी कार्यालय र स्थानीय निकायका कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

Advertisement