काठमाडौं । विभिन्न शैक्षिक संघ संस्थाहरुले दुई दिन शोक बिदा दिने निर्णय गरेका छन् । जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाभन्दा बढीको ज्यान गएपछि संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले विज्ञप्ति जारी गरेका हुन् । त्यस्तै, काठमाडौं तथा ललितपुर महानगर र जिल्लाले पनि विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।
Advertisement