चितवन— आसन्न स्ववियु निर्वाचनका लागि वीरेन्द्र बहुमुखी क्याम्पसमा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचन आचारसंहिता विपरित संगठन दर्ता गरेको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । निर्वाचनको लागि संघ , संगठन दर्ता गर्न सभापति , अध्यक्ष वा संयोजकको आधिकारिक लेटरप्याडमा हस्ताक्षर सहित बुझाउनुपर्छ । त्यसी निवेदन दिने पदिय जिम्मेवारी बोकेका ब्यक्ति सम्बन्धित क्याम्पसका नियमित विद्यार्थी हुनुपर्ने प्रावधान छ । तर अनेरास्ववियुबाट त्रिविले ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’ आचारसंहिता विपरित क्याम्पसका विद्यार्थी नभएका ब्यक्तिले निवेदन दिएर संगठन दर्ता गरेको भन्दै नेविसंघको ईकाइ समितिले विरोध गरेको छ । निर्वाचन समितिले प्रकाशन गरेको सुचना विपरित शक्तिको आडमा गरिएको संगठन दर्ता मान्य नहुने नेविसंघको निष्कर्ष छ । ईकाइ अध्यक्ष कुमार जोशीले प्रेस विज्ञप्ती मार्फत स्ववियु निवाृचनमा भाग लिन क्याम्पसको विद्यार्थी नै हुनुपर्ने न्युनत मापदण्ड समेत पालन नगरी दर्ता गरिनु निर्वाचन समितिको निर्वाचन नगर्ने षड्यन्त्र भएको आरोप लगाएका छन् । क्याम्पसमा रहेका संग संगठनको पटक पटकको बैठकपछि गरिएको सहमति विपरित क्याम्पसको विद्यार्थी नै नभएको ब्यक्तिबाट गरिएको संगठन दर्ता तत्काल खारेज गर्नुपर्ने नेविसंघको माग छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्दैछ । निर्वाचन कार्यतालिकाअनुसार भोलि फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।