रत्ननगर, चितवन। जेनजीको प्रदर्शनमा ज्यान गुमाएकाप्रति शोक ब्यक्त गर्दै चितवनको रत्ननगर नगरपालिकाले शोक बिदा घोषणा गरेको छ । भाद्र २४ र २५ गते २ दिन त्यावश्यक सेवा बाहेक नगरपालिका अतिरिक्त मातहतका सबै बडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु र सबै सम्पूर्ण संघ संस्थाहरुमा शोक बिदा दिने निर्णय गरेको हो । नगरपालिका प्रमुख प्रलाद सापकोटाले विज्ञप्ती जारी गर्दै घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना र सहानुभुती व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित उपचारको व्यवस्था मिलाउनुहुन समेत नेपाल सरकारसगँ अपिल गरेका छन् । ‘ काठमाडौं लगायत विभिन्न स्थानमा ूजेनजीू पुस्ताले गरको प्रदर्शनका क्रममा ठूलो सङ्गयामा नागरिक हतातह भएको घटनाले हामीलाई अत्यन्तै मर्माहत तुल्याएको छ,’ नगरपालिकाले प्रकाशन गरेको सुचनामा भनिएको छ,‘ लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको अधिकार प्रति रत्ननगर नगरपालिका सधै प्रतिबद्द छ । यस विषम परिस्थितिलाई हामी सबैले संयमता र धैर्यताका साथ शान्ति र सद्भाव कायम गर्न समेत हार्दिक अपिल गर्दछौ।’
चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा
चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

Advertisement