• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

जसले पञ्चायतमा काँग्रेसलाई जोगायो

  •   शनिबार, जेठ २१, २०७९ मा प्रकाशित

रत्ननगर, २१ जेठ ।

Advertisement

नेपालको प्रजातान्त्रिक आन्दोलनमा काँग्रेस नेताहरूको आश्रय स्थल थियो रत्ननगर टाँडीको डुम्री चोकस्थित नेपाल निवास । पञ्चायत विरुद्धको आन्दोलनका लागि नेताहरूले त्यहीँ भेला भएर रणनीति बुन्ने गर्थे ।

काँग्रेसको आन्दोलनको लागि स्वर्गीय कृष्ण बहादुर नेपालसँगै उनकी श्रीमती टीकाकुमारी नेपाल पनि उत्तिकै लागिपरेकी थिईन । नेताहरूलाई खाना खुवाउनेदेखि आन्दोलनको मोर्चामा श्रीमान्लाई भरोषा दिलाउने कामसम्म उनले गरिन् । उनीहरुले घरको ढोकामा ‘जय नेपाल’ लेखेका थिए । यो लेखेकै कारण पटक पटक उनीहरूले दु:ख पनि भोगे । आफ्नो थर नेपाल भएकाले आफ्नै जय होस् भनेको भनी स्पष्टीकरण दिँदा उनीहरू पटकपटक जोगिएका थिए ।

नेपाली काँग्रेस चितवनका पूर्वसभापति शेषनाथ अधिकारीले नेपाल परिवारले पार्टीको आन्दोलनमा निस्वार्थ सेवा गरेको बताउँछन् । “हामीले कयौँ पटक जोगिन यो घरमा आश्रय लिएका छौं । पार्टीका गतिविधि यहीँ सञ्चालन गरिन्थे,” उनले भने, “जसले कहिल्यै अवसर खोजेनन् । पार्टीका यस्ता कार्यकर्ता विरलै पाइन्छन् ।”

टीका नेपालको निधनमा समवेदना व्यक्त गर्न गएका अन्य नेताहरू पनि नेपालको योगदानको चर्चा गर्छन्। निरन्तर पार्टीको हितमा काम गरेका नेपाल परिवारको चर्चा भने कम छ । नेपाली काँग्रेस रत्ननगरका सभापति प्रह्लाद सापकोटाले स्वर्गीय नेपालले पार्टीमा रहँदा हरेक पटक अग्रपंक्तिमा रहेर काम गर्ने गरेको उनले सुनाए । “आफु बिरामी हुँदा पनि निर्वाचनमा पार्टीलाई जिताउन परिवारलाई खटाउनुभएको थियो,” उनले थप्दै भने, “उहाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ ।”

काँग्रेसले नेपालको निवासमा शनिबार शोकसभा गरेको थियो । शोक सभामा महासमिति सदस्य गीता देवकोटाले नेपाल परिवार पार्टीको ऊर्जा भएको बताइन् । टीका नेपाल समाजिक अभियानमा समेत सक्रिय थिइन् । पिछडिएका बस्तीमा नेपालले निरन्तर अभियान चलाएको काँग्रेस नगर सचिव अनिता अर्यालले सम्झिइन् ।

टीका नेपाल पार्टीको १४औँ अधिवेशनबाट नगर समिति सदस्यमा निर्वाचित भएकी थिइन् । उनका दुई छोरा तथा एक छोरी छन् । उनका छोरा दीपक नेपालले आफूहरू राजनीतिक संस्कारमा हुर्किएको हुनाले निरन्तर पार्टीको हितमा समर्पित हुने उल्लेख गरे ।

शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.