काठमाडौँ ।
Advertisement
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाउँदै आएको कन्ट्रोल फन्डिङ पूर्णरूपमा हटाएको छ ।
क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आईसीसीबाट कन्ट्रोल फन्डिङ पूर्णरूपमा फुकुवा भएको जनाएको छ । अब नेपाललाई आईसीसीबाट अनुदान प्राप्त गर्ने तथा खेलकूद गतिविधि गर्ने बाटो पनि खुलेको छ ।
गत २०७६ साल असोज ११ र १२ गतेको विशेष साधारणसभाबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको थियो । यद्यपि कन्ट्रोल फन्डिङ भने फुकुवा भएको थिएन । ‘नयाँ कमिटीले सबै मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शिता र कार्यसम्पादन गरेको मूल्याङ्कनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्णरूपमा हटाएको हो’, क्यानको विज्ञप्तिमा भनिएको छ ।