भरतपुर, १ असार ।
Advertisement
आउँदो नोभेम्बर २१ तारिखदेखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबल २०२२ मा भाग लिने ३२ देशको टुंगो लागेको छ । आयोजक कतारसहित विश्वकप खेल्न लागेका सबै ३२ देशको टुंगो लागेको हो ।
विश्वकप पाँच पटकको विश्वविजेता ब्राजिलसँगै जर्मनी, फ्रान्स, अर्जेन्टिना, नेदरल्याण्ड, इंग्ल्याण्ड, स्पेन र उरुग्वेले पनि आउँदो विश्वकपमा स्थान बनाएका छन् । चार पटकको च्याम्पियन इटाली भने यस पटक पनि विश्वकप खेल्ने ३२ राष्ट्रको सूचीमा अटाउन सकेन । २०२० को युरो कपको विजेता समेत रहेको इटाली लगातार दोश्रो पटक विश्वकप खेल्नबाट चुकेको हो ।
कतार विश्वकपमा एसिया कन्फेडेरेसनबाट ६ वटा देश छनौट भएका छन् । कतारसँगै जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान र अष्ट्रेलिया विश्वकपका लागि छनौट भएका हुन् ।
तस्बिर: बीआर फुटबल
तपाईको प्रतिक्रिया