• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

वाल्मिकी बोर्डिङमा संसदीय चुनावको झल्को

  •   मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित

चितवन, ७ असार ।

Advertisement

निर्वाचन आयोगको मत पेटिका र मतदान गर्ने स्थानको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ थिए । त्यसको केही वर उम्मेद्वारका प्रतिनिधि पनि थिए । निर्वाचनको व्यवस्थापनको सबै तयारी पूरा भएको थियो । दृश्य हेर्दा लाग्थ्यो, दलीय प्रतिस्पर्धाको निर्वाचन । त्यसपछि मतदाताले पालैपालो मतदान गरे । तर  यो कुनै दलीय संगठनको प्रतिस्पर्धा नभएर विद्यार्थीको प्रतिस्पर्धा थियो ।

कक्षाका नेता चुन्न निर्वाचन भएको थियो । नाम रुजु भएपछि विद्यार्थीहरूले बुढी औँलामा मसीले चिह्न लगाए । भरतपुरको वाल्मिकी शिक्षा सदनमा भएको निर्वाचन थियो यो । विद्यार्थीले आफ्नो नेता गोप्य मतदानबाट छाने । निर्वाचनको सबै प्रक्रिया अनुसार नै उनीहरुले नेता छाने । एक जनाले करिब तीन मिनेट लगाएर मतदान गरे ।

मनोनयनदेखि मतगणनासम्म विद्यार्थी सहभागी भए । वाल्मिकीकी विद्यार्थी समिक्षा कँडेलले नयाँ अनुभव गरेको बताइन् । “स्कूल पढ्ने मात्रै होइन सिक्ने ठाँउ पनि हो । हामीले चुनाव कसरी हुन्छ भनेर थाहा पायौं”, उनले भनिन् ।

मताधिकार नभएका उमेरका विद्यार्थीले पहिलो पटक निर्वाचनको अनुभव गरे । निर्वाचनको विधि र प्रक्रियामा सहभागी उनीहरू दंग परे । चुनावको बारेमा सुनेका मात्रै थिए । तर निर्वाचनको अनुभव पहिलो पटक गरे । दश कक्षामा पढ्ने प्रसिद्ध दवाडीले मतदान बारे पहिलो पटक थाहा पाएको बताए । “आमाबुवाको पछि लागेर चुनावमा गएपनि यस्तो हुन्छ भन्ने थाहा थिएन”, उनले भने ,”कसरी मदतान हुन्छ भन्ने अनुभव गरेँ ।”

विद्यार्थीले कक्षाको छात्र छात्राका तर्फबाट स्कुलको कप्तान र चार सदनका कप्तान गरी ६ जनालाई मतदानबाट छाने । कक्षा सातदेखि माथि अध्ययन गर्ने १२ देखि १५ वर्षसम्मका विद्यार्थी मतदानमा सहभागी भएका हुन् । “प्रयोगात्मक तरिकाबाट निर्वाचनको अवधारण दिन खोजेका हौ,” विद्यालयका उपप्रधानाध्यापक दुर्गा प्रसाद घिमिरेले भने, “उमेर पुगेपछि निर्वाचनमा सहभागी हुँदा आफ्नो मताधिकारको सही सदुपयोग गर्न सक्छन् ।”

निर्वाचनका संयोजक देवकान्त काफ्लेले मतदानबाट नेतृत्व छान्ने प्रक्रिया सिकाएको बताए । “निर्वाचनले मतदाता शिक्षाको काम गरेको छ,” उनले भने, “हामीले जसरी हाल्यौं, त्यसरी नै हाले । कुनै फरक नगरी नेतृत्व छान्दा उनीहरूमा उत्साह भेट्यौं ।”

देशमा चुनावी माहोल भएको सन्दर्भमा राजनैतिक र चुनावी नमूना सिकाउन खोजेको निर्वाचनमा सुपरभाइजरको भूमिकामा रहेका एकेडेमिक कोर्डिनेटर प्रकाश सुवेदीले बताए । “नेताले कसरी भोट माग्छन्, निर्वाचनमा के हुन्छ भनेर सबै खाका देखाउन खोजेका हौं,” उनले भने, “विद्यार्थीले यसबाट धेरै सिके भन्ने लाग्छ ।”

चितवनका विभिन्न विद्यालयले मतदाता शिक्षाका लागि निर्वाचन कार्यक्रम गर्दै आएका छन् । वाल्मिकी कलेजका प्राचार्य डा. गणेश ढकालले विद्यार्थीमा व्यवहारिक शिक्षालाई सहज पुगेको बताए । “कस्तो नेतृत्व कसरी छान्न पर्छ भन्ने सिकाइएको छ,” उनले भने, “भोट हाल्ने उमेरमा निर्वाचनको परिपक्वता पुग्ने छ ।”

मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.