काठमाडौँ — सरकारमा समावेश नेकपा एकीकृत समाजवादीका मन्त्रीको हेरफेरको चर्चा चलेको बेला मन्त्रिपरिषद् पूर्नगठनमा ढिलाई नगर्न नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएको छ । समाजवादीले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै प्रवक्ता जगन्नाथ खतिवडाले तत्काल पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताए । पार्टीको निर्णयको कदर पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्री हेरफेर गर्न आग्रह गरेका छन् । अब पनि ढिलो भए त्यसलाई अपमानको रुपमा लिने बताए । शनिवार भएको केन्द्रीय समितिको बैठकपछि बोल्दै उनले हेलचेक्र्याइँ गरेर खेल्न खोजेको आरोप लगाए । उनले मन्त्रिपरिषद् हेरफेरको विषयमा अपमान गर्न खोजेको अनुभूति भएको पनि बताएका थिए । अब ढिलाइ नगर्नुहोस् मात्रै भनेका छौं । ढिलो भयो भने त्यसपछिको कुरा त्यसपछि गरौंला प्रवक्ता खतिवडाले भने ।
मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ नगर्न देउवा र दाहाललाई एकिकृत समाजवादीको चेतावनी
मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ नगर्न देउवा र दाहाललाई एकिकृत समाजवादीको चेतावनी

Advertisement