चितवन : बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयको भवन निमार्णको लागी सरकारले जग्गा उपलब्ध गराएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ट्राफिक कार्यालयको भवन निमार्ण गर्न भरतपुर महानगरपालिका १ रामनगरस्थित सतनचुली सामुदायिक वनको जग्गा दिने निर्णय गरेको हो । सतनचुली वनको ०.४६ हेक्टर वन क्षेत्र उपयोग गर्न स्वीकृत दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
२०७५ जेठ २ गते प्रदेश ट्राफिक प्रहरी कार्यालयको स्थापना भएको हो । भवन नहुँदा ट्राफिकको काम कारवाहीमा समस्यो थियो । बाग्मती प्रदेश ट्राफिक कार्यालय पनि रामनगरमै भाडामा संचालन हुदै आएको छ । बागमती प्रदेश अन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर बाहेकका १० जिल्लाहरु मकवानपुर, चितवन, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, रसुवा, दोलखा र रामेछापको ट्राफिक नियन्त्रण तथा व्यवस्थापनको जिम्मेवारी छ ।
बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले कर्मचारी बर्खास्ती र नियुक्तिदेखि ऋण अनुदान सहायता लिनेसम्म २२ वटा निर्णय गरेको छ ।
बागमती प्रदेश ट्राफिकको भवन बनाउन सतनचुलीको जग्गा दिने मन्त्रिपरिषद्को निर्णय
बागमती प्रदेश ट्राफिकको भवन बनाउन सतनचुलीको जग्गा दिने मन्त्रिपरिषद्को निर्णय

Advertisement