• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

साईराम डेण्टलमा ल्याइयो अन्तर्राष्ट्रिय प्रविधिको डिजिटल डेण्टल स्क्यानर

  •   बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित

चितवन, ६ असोज ।

Advertisement

नारायणगढको साईराम डेण्टल केयरले डिजिटल स्क्यानरको थालनी गरेको छ । नेपालमा भर्खरै भित्रिएको यो प्रविधि काठमाडौं उपत्यका बाहिर पहिलो पटक साईरामले प्रयोगमा ल्याएको हो । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. अजय न्यौपानेका अनुसार डेण्टल स्क्यानरको माध्यमबाट मुखभित्रको सम्पूर्ण अवस्थाको जानकारी कम्प्युटरको स्क्रिनमा थ्रिडी तस्वीरमा हेर्न सकिन्छ ।

उनका अनुसार विगतमा बिरामीको दाँतसम्बन्धी क्राउन, ब्रिज, दाँत राख्ने लगायत जुनसुकै काम गर्नु परेमा हातैले नापो लिनुपर्थ्यो । नापो अनुसार प्रयोगशालामा पठाउनु पर्थ्यो । प्रयोगशालाबाट बनेर आएपछि पनि कहिलेकाहीँ नमिल्ने जस्ता समस्या हुने भएकाले काम गर्न धेरै झन्झटिलो र गाह्रो हुने गरेको डा. न्यौपानेले अनुभव सुनाए ।

“डिजिटल डेण्टल स्क्यानरको सहायताले बिरामीलाई एउटै कुर्चीमा राखेर दाँत र मुखको सम्पूर्ण स्क्यान गर्न मिल्छ”, उनले भने । यो प्रविधिबाट उपचार गर्दा समयको बचतका साथै बिरामी र चिकित्सकलाई सहज हुने उनले बताए । “दाँत किराले खाएको छ कि छैन ? गिँजामा के समस्या छ ? मुखमा घाउखटिरा छ कि ? मुखमा क्यान्सर हुने अवस्था छ कि छैन ? भन्ने कुरा कम्प्युटरको स्क्रिनमा हेरेपछि थाहा पाउन सकिन्छ”, उनले भने ।

विगतमा दाँतको नापो लिएर प्रयोगशालामा पठाउनु पर्ने हुँदा एक दुई दिन समय कुर्नु पर्ने भए पनि अब लामो समय कुर्नु नपर्ने डा. न्यौपानेले जानकारी दिए । “ईमेलमार्फत् प्रयोगशालामा पठाइएको स्क्यान विवरणका आधारमा तत्कालै क्राउन, ब्रिज, दाँत तयार हुन्छ । छोटो समय हुने बिरामीहरूलाई धेरै समय कुर्नु नपर्ने भयो”, उनले भने ।

२१औँ शताब्दीमा डिजिटल दन्तचिकित्सा प्रविधि अनिवार्य भइसकेको डा. न्यौपानेले अनुभव सुनाए । “बिरामीलाई सहज र सरल तरिकाले सेवा दिन यो प्रविधि अति नै उपयोगी छ”, उनले सुनाए ।

डेण्डल केयरका सञ्चालक डा. सरु थापा न्यौपानेले अमेरिका तथा युरोपका देशहरूमा हाल सोही प्रविधिको प्रयोग भइरहेको बताइन् । उनले साईराम डेण्टल केयरले बिरामीलाई कसरी सहज उपचार सेवा दिन सकिन्छ भनेर सधैं अत्याधुनिक प्रविधि भित्र्याउँदै आएको बताइन् । उनी भन्छिन्, “हामीले दन्त उपचारको क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि र उपकरण भित्र्याएर बिरामीलाई सेवा दिँदै आएका छौं ।”

बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.