• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

एमालेमा प्रभु साहको विद्रोह : मधेसका २५ स्थानमा दिए संगठित स्वतन्त्र उम्मेदवारी

  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित

काठमाडौँ — नेकपा एमालेका केही नेताहरूले मधेस प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा संगठित रुपमा विद्रोह गरेका छन् । स्थायी कमिटीका सदस्य प्रभु साहसहितका जिल्लास्तरका नेताहरूले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि २५ स्थानबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका साहले आफ्नै पार्टीको टिकटलाई समेत अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

Advertisement

आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि प्रभु साहले पनि जसपासँग मिलेर चुनाव लड्ने भएपछि एमाले अपवित्र भएको बताए । उम्मेदवारी दर्तापछि उनले भने‚ ‘एमाले पार्टीले देशमा एकता, समृद्धि गर्ने सम्भावना बोकेको थियो भनेर लागेका थियौं । जसपाजस्तो भ्रष्ट, घोटाला नै घोटाला गर्ने, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउने शक्तिसँग अनैतिक सम्बन्ध बनाएपछि हामी असन्तुष्ट भएका थियौं । हामीले निरन्तर भनिरहेका थियौं कि यसले मधेस र देशमा पार्टीलाई घाटा हुन्छ,’ उम्मेदवारी दर्तापछि साहले भने, ‘कुर्सीको खेलका लागि देशमा अस्थिरता ल्याउनुहुन्न भन्दा पनि सुनुवाइ भएन । मधेसको अस्थिर, साम्प्रदायिक शक्तिसँग साँठगाँठ गरेको एमालेको टिकटबाट लड्यो भने त त्यसको बचाउ गर्नुपर्छ । महान् पार्टी हो उपेन्द्रजीको भन्नुपर्छ । गठबन्धन बनाइसकेपछि एमाले स्वच्छ रहेन, अपवित्र रह्यो । त्यो अपवित्रतामा सँगै हिँड्न सकिँदैन भनेर स्वतन्त्र उठेको हुँ ।’ जुनयुद्धकै समयदेखि माओवादीमा सक्रिय रहेका साह नेकपा विभाजन भएपछि नेकपा एमालेको रहेका थिए । माओवादीले कारबाही गर्दा डेढ वर्षदेखि उनीहरुको पद रिक्त भएको छ ।

‘साहले पार्टीमा आईटी आर्मी भन्ने समूह चलाउँदै आएका थिए‚ त्यसमा रहेका नेताहरुलाई विभिन्न ठाउँमा उम्मेदवार बनाउनु भएको छ भन्ने जानकारी आएको छ । के कति भन्ने यति नै संख्या हो भनेर निश्चित गरेका छैनौं‚’ एमालेका एक पोलिटब्युरो सदस्यले भने, ‘हामीले पहिलेदेखि नै साहको भूमिका पार्टीमा रहने प्रकारको छैन । जुनसुकै समयमा धोका हुनसक्छ भनेर नेतृत्वलाई बारम्बार भनेका थियौं । अहिले परिणाम त्यस्तै देखियो ।’

पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्राथमिकतामा इन्चार्ज महासेठ र महासचिव शंकर पोखरेलको प्राथमिकतामा साह पर्दै आएका थिए ।

साहले कतिपय व्यक्तिलाई टिकट दिने आश्वासन दिएर एमालेमा भित्र्याएका तर गठबन्धन हुँदा उनीहरूको टिकट काटिने भएपछि असन्तुष्टि रहेका थिए ।

सोमबार, असोज २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.