भरतपुर, २६ असोज ।
Advertisement
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवनको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई सघाउने भएको छ। एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गरेको हो । कोइराला कांग्रेसका केन्द्रीय सदस्य हुन् । सोही क्षेत्रमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डेलगायत उमेदवार छन् ।
कोइराला समर्थन लिनका लागि एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका थिए ।