• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

कोहलीको प्रदर्शनमा हारको मुखबाट जोगियो भारत

  •   आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित

मेलबर्न, ६ कात्तिक ।

Advertisement

अष्ट्रेलियामा जारी आईसीसी टि-ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई चार विकेटले हराएको छ । दायाँ हाते ब्याट्सम्यान विराट कोहलीको उत्कृष्ट पारीको सहयोगमा भारतले पाकिस्तानमाथि सनसनीपूर्ण जीत दर्ता गराएको हो ।

पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर भेट्टायो । भारतको ब्याटिङ सुरुवाती अवस्थामा भने धर्मराएको थियो । एक समय ३१ रनमा ४ विकेट गुमाएको भारतका लागि त्यसपछि पूर्व कप्तान कोहली र अलराउण्डर हार्दिक पाण्डेयले सङ्कटमोचक पारी खेलेका थिए । यी दुईले पाँचौँ विकेटका लागि ७८ बलमा ११३ रनको साझेदारी गरे । १९औँ ओभरको पाँचौँ र छैटौँ बलमा कोहलीले लगातार दुई छक्का प्रहार गर्दै लक्ष्य छोट्याउने प्रयास गरेका थिए । तर २०औँ ओभरको पहिलो बलमा पाण्डेय ४० रनको स्कोरमा मोहम्मद नबाजको बलमा बाबर अजामबाट समातिन पुगे । पाण्डेय आउट हुँदा भारतलाई जीतका लागि १६ रनको आवश्यकता थियो ।

दबाबमा देखिएका नबाजले २०औँ ओभरको चौथो बल नो बल फ्याँके जसमा कोहलीले अर्को छक्का जोडे । त्यसपछि भारतले दुई अतिरिक्त रन वाइड र तीन रन बाइको रूपमा पाएको थियो । अन्तिम बलमा जीतका लागि १ रन आवश्यकता रहेको अवस्थामा रविचन्द्र अश्विनले उक्त रन‌ लिँदै भारतलाई लक्ष्यको पार लगेका थिए । ५३ बलमा ८२ रन बनाएका कोहली ९० हजार दर्शकका अगाडि प्लेयर अफ दि म्याच समेत घोषित भए । पाकिस्तानका लागि मोहम्मद नबाज र हरिस रौफले २-२ विकेट चट्काए भने नसिम शाहले पनि १ विकेट लिए ।

यसअघि मेलबर्नमा भारतले टस जितेर पाकिस्तानलाई पहिले ब्याटिङ गर्ने निम्ता दिएको थियो । पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रनको योगफल खडा गर्यो । यद्यपि पाकिस्तानको पनि सुरुवात अपेक्षाकृत खालको थिएन । दोस्रो ओभरमा कप्तान बाबर अजामलाई शून्य रनमा गुमाएको पाकिस्तानको स्कोर पनि एक समय १५ रनमा दुई विकेट थियो । पाकिस्तानलाई १५९ रनको सम्मानजनक स्कोरसम्म पुर्याउन इफ्तिकार अहमदले ५१ र सान मसुदले ५२ नट आउट रनको योगदान गरे । यी दुईले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ भारतका लागि पहिलो टि-ट्वान्टी विश्वकप खेलिरहेका अर्सदिप सिंहले ३ विकेट लिए । उनीसँगै हार्दिक पाण्डेयले पनि ३ विकेट चट्काए । त्यस्तै, भुवनेश्वर कुमार र मोहम्मद समीको नाममा पनि १-१ विकेट रह्यो ।

सुपर १२ मा समूह २ मा रहेको भारतले जीतपछि आफ्नो खातामा दुई अंक जोडेको छ ।

आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.