• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

एलाइभ हस्पिटलमा अन्तर्राष्ट्रिय मापदण्डको इमरजेन्सी सेवा

  •   सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित

भरतपुर, ७ कात्तिक ।

Advertisement

भरतपुर हाइटमा रहेको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरले आकस्मिक कक्षलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाएको छ । ‘ट्रमा’ उपचारका लागि युरोपबाट प्रशिक्षण लिएर आएको आधारमा यसअघि नै रहेको आकस्मिक कक्षलाई युरोपियन मापदण्डको बनाइएको हो । अस्पतालको उक्त आकस्मिक कक्षको सोमबार उद्घाटन गरिएको हो ।

अस्पतालमा अब ‘ट्रमा इमरजेन्सी सर्भिस’का लागि ४ जना विशेषज्ञसहित १५ जना स्वास्थ्यकर्मीको टोली हरदम तयारी अवस्थामा रहने अस्पतालका कार्यकारी अध्यक्ष डा. प्रमोद लामिछानेले बताए । “निरन्तर सेवाका लागि प्रविधि तथा भौतिक पूर्वाधारलाई समयसापेक्ष ढंगले विस्तार एवं सुधार गर्दै जानुपर्छ भन्ने मान्यताका साथ हामीले छुट्टै आकस्मिक कक्षको सुरुवात गरेका हौं”, हाडजोर्नी विशेषज्ञ समेत रहेका डा. लामिछानेले भने ।

चोटपटक तथा दुर्घटनाका घाइतेको ‘ट्रमा’ उपचारमा विश्वस्तरीय प्रविधिको प्रयोग र सेवाका लागि अस्पतालले आइएसओ ९००१ः२०१५ प्रमाणपत्र पाउन सफल भएको पनि डा. डामिछानेले जानकारी दिए । सो मान्यताले आफूहरूमा थप बिरामीको सेवामा जुट्न र हरदम सेवालाई प्रभावकारी बनाउन हौसला थपिएको डा. लामिछानेले जिकिर गरे ।

वि.सं. २०६८ असार २४ गते स्थापना भएको एलाइभ हस्पिटलमा हालसम्म १८ हजारभन्दा बढी सफल शल्यक्रिया भइसकेको अस्पतालले जनाएको छ । अस्पतालले हाल मेरुदण्ड, न्यूरो र हाडजोर्नीको शल्यक्रिया, अनुहारको हड्डीसम्बन्धी शल्यक्रिया (मेक्जिलोफेसियल), चोटपटक, जोर्नी प्रत्यारोपण तथा दुरबिनबाट जोर्नीको शल्यक्रिया लगायतका सेवा दिइरहेको छ । हाल अस्पतालमा ‘ट्रमा’ सेवातर्फ ६ जना विशेषज्ञ शल्यचिकित्सक (सर्जन) तथा ३ जना विशेषज्ञ एनेस्थेसियोलोजिस्ट आबद्ध छन् ।

सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.