• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

काँग्रेस जिल्ला सभापतिको विज्ञप्तिमा सचिवको आपत्ति

"आग्रहपूर्ण व्यवहार गरिएको प्रतिक्रिया "
  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित

चितवन, कार्तिक १६ ।

Advertisement

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले दुई पूर्वसभापतिको नाम हटाएर पूर्व जिल्ला पार्टी सभापतिको नाम सार्वजनिक गरेपछि जिल्ला सचिव ध्रुवराज पोखरेलले असहमति पोखेका छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्व सभापति कृष्णलाल सापकोटा र विकास कोइरालाको नाम हटाएर बाँकी पूर्व सभापतिको नाम प्रकाशित गरेपछि सचिव पोखरेलले विज्ञप्ति नै निकालेर सभापतिको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।

पार्टीले कारबाही गरेको तीन वर्षको समयसीमा सकिएर पार्टीमा अविचलित संगठनमा रहेका कोइरालाप्रति जिल्ला सभापतिले आग्रहपूर्ण व्यवहार गरेको आरोप पोखरेलले लगाएका छन् । पार्टीले कारबाही गरेको व्यक्ति पूर्व सभापति नभएको खनालको विज्ञप्तिमा उल्लेख थियो ।

सचिव पोखरेलले सभापति खनाललाई व्यक्तिको स्वतन्त्रता र मर्यादालाई हनन नगर्न जिल्ला सभापतिलाई सुझाएका छन् । संघीय र प्रादेशिक निर्वाचनको समयमा काँग्रेस र काँग्रेस समर्थित गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्नेमा पार्टी सभापतिले समयको माग बुझ्न नसकेको उनले बताएका छन् । पार्टी नेतृत्वले सुझबुझपूर्ण ढंगले सबै पक्षको सम्मान गर्न नसकेको पोखरेलको आरोप छ ।

चितवन कांग्रेसको जिल्ला कार्य समितिले २०७६ चैत ३ गतेको निर्णयले कोइरालालाई पूर्व जिल्ला सभापतिले सम्बोधन गरी कारबाही फुकुवा र क्रियाशील सदस्यता नवीकरण गर्न २०७६ चैत ६ गते केन्द्रीय समितिमा सिफारिस गरेको थियो । उक्त तथ्यलाई नजर अन्दाज गर्नु संस्थागत निर्णयको निरन्तरको अवमूल्यन ठहर्ने सचिव पोखरेलले बताएका छन् ।

कोइरालाले पूर्व जिल्ला सभापतिको हैसियतमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि सार्वजनिक रूपमा निमन्त्रणा गरेपछि नेपाली काँग्रेस चितवनले उनी पूर्व जिल्ला सभापति नभएको प्रष्टीकरण दिएको थियो । कोइराला दुई महिनाको अष्ट्रेलिया बसाइपछि हालै चितवन आएका हुन् । निर्वाचनको माहोल तातेको बेला कोइरालाले चियापान आयोजना गरेका हुन् । बुधबार दिउँसो १ बजे उनले उद्योग वाणिज्य संघ चितवनमा कार्यक्रमको आयोजना गरेका छन् ।

बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.