• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

टि-ट्वान्टी विश्वकप : पाकिस्तान सेमिफाइनलमा, प्रतियोगिताबाट बाहिरियो दक्षिण अफ्रिका

  •   आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित

भरतपुर, २० कात्तिक ।

Advertisement

आइसीसी टि-ट्वान्टी विश्वकप अन्तर्गत आइतबार खेलिएको दोस्रो खेलमा पाकिस्तानले बंगलादेशलाई पाँच विकेटले हराएको छ । प्रतियोगिताबाट लगभग बाहिरिने अवस्थामा पुगेको पाकिस्तानले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । आइतबार खेलिएको पहिलो खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानलाई अन्तिम चारमा प्रवस गर्न सहज अवस्थाको सृजना भएको हो । अफ्रिकाको हारपछि ग्रुप २ बाट भारत र पाकिस्तान सेमिफाइनल प्रवेश गर्ने निश्चित भएको हो ।

बंगलादेशले दिएके १२८ रनको झिनो लक्ष्य पाकिस्तानले ५ विकेटको क्षतिमा १८.१ ओभरमा भेट्टायो । उसका लागि ओपनर मोहम्मद रिजवानले ३२, मोहम्मद ह्यारिसले ३१ र कप्तान बाबर आजमले २५ रन बनाए । रिजवान र आजमले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए ।

बंगलादेशले यसअघि एडिलेडमा टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो । सो क्रममा उसले ८ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर नजमुल हुसेनले ४८ बलमा ५४ रन बनाए । उनले २० रन बनाएका सौम्य सरकारसँग दोस्रो विकेटका लागि ५२ को साझेदारी गरे पनि तल्लो क्रमका ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । पाकिस्तानका शहीन शाह अफ्रिदीले पाकिस्तानका लागि २२ रन खर्चँदै ४ विकेट लिए ।

जीतपछि पाकिस्तानले पाँच खेलबाट छ अंक बटुलेको छ । एक खेल कम खेलेको भारतको पनि छ अंक छ । भारत नेट रन रेटका आधारमा पाकिस्तानभन्दा एक स्थान मुनि रहेको हो । आजकै अन्तिम खेलमा भारतले जिम्बाब्वेको सामना गर्नेछ । यो खेलपछि समूह २ को विजेताको निर्णय हुनेछ ।

सेमिफाइनलमा समूह १ को विजेता न्यूजील्याण्डले समूह २ को उपविजेतासँग खेल्नेछ भने समूह २ को विजेताले समूह १ को उपविजेता इंगल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.