• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

टि-ट्वान्टी विश्वकप : विषम सुरुवातका बावजुद पाकिस्तान फाइनलमा

  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित

सिड्नी, २३ कात्तिक ।

Advertisement

आइसीसी टि-ट्वान्टी क्रिकेट विश्वकपको पहिलो सेमीफाइनलमा न्युजील्याण्डलाई हराउँदै पाकिस्तानले फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । कप्तान बाबर आजम र विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले अर्धशतकीय पारी खेलेपछि बुधबार पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । सन् २००९ को उपाधि जितेको पाकिस्तान त्यसपछि पहिलो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा पुगेको हो ।

१५३ रनको लक्ष्य पछ्याउन उत्रिएको पाकिस्तानले १९.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पाकिस्तानका लागि ओपनरद्वय आजम र रिजवानले पहिलो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए ।

पाकिस्तानका लागि ४२ बलमा सात चौकासहित ५३ रन जोडेर कप्तान आजम पेभेलियन फर्किए । प्लेयर अफ दि म्याच रिजवानले ४२ बलमा पाँच चौकासहित ५७ रनको योगदान दिए । मोहम्मद ह्यारिसले पनि आफ्नो ब्याटनाट ३० रन बनाए । बलिङतर्फ न्युजील्यान्डका लागि ट्रेन्ट बोल्टले चार ओभरमा ३३ रन खर्चेर दुई विकेट लिए ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको न्युजील्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५२ रनको सामान्य योगफल तयार गरेको थियो ।

न्युजील्याण्डका डेरल मिचेलले नट आउट ५७ तथा कप्तान केन विलियम्सनले ४६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन । पाकिस्तानका शहिन शाह अफरिदीले २ तथा मोहम्मद नवाजले १ विकेट लिए ।

सुपर–१२ बाट समूह १ को विजेता बन्दै न्युजील्याण्डले अन्तिम चारमा स्थान बनाएको थियो। समूह २ मा दुई खेल पराजित भएर पनि पाकिस्तान रोमाञ्चक ढङ्गले उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । पाकिस्तानले बिहीबार हुने भारत र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार उपाधिका लागि खेल्ने छ ।

बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.