भरतपुर, २७ कात्तिक ।
सन् २०२२ को आइसीसी टि-ट्वान्टी विश्वकपको फाइनल आज पकिस्तान र इंग्ल्याण्डबीच खेलिँदै छ । मेलबर्न क्रिकेट मैदानमा केही बेरअघि टस जित्दै इंग्ल्याण्डले फिल्डिङ गर्ने निर्णय लिएको छ । इंग्लिस टोलीको कप्तानी जस बटलरले गर्नेछन् भने पाकिस्तान बाबर आजमको कमानीमा उत्रने छ ।
इंग्ल्यान्ड सन् २०१९ को एकदिवसीय विश्वकपको पनि विजेता हो । त्यसैले उसको सामु एकै समय दुई विश्वकपको डिफेन्डिङ च्याम्पियन बन्ने अवसर छ । अर्कोतर्फ एसियाली पावरहाउस पाकिस्तानले पनि आफ्नो आफ्नो भाग्यलाई फेरि एक पटक जाँच्ने दाउमा हुनेछ । पाकिस्तान सेमिफाइनल नपुग्दै सुपर १२ बाटै बाहिरिने अवस्थामा रहेको थियो । तर दक्षिण अफ्रिकाले अप्रत्याशित रूपमा जिम्बाब्वेसँग हार बेहोरेपछि पाकिस्तानका लागि अन्तिम चारको ढोका खुल्ला भएको थियो ।
पाकिस्तान र इंग्ल्याण्ड दुवैले यसअद्धि ११ पटक टि-ट्वान्टी विश्वकप जितिसकेका छन् । पाकिस्तानले सन् २००९ मा विश्वकप जित्दा इंग्लिस टोलीले २०१० मा उपाधि चुमेको थियो । हालसम्म वेष्ट इण्डिजले मात्र दुई पटक टिट्वान्टी विश्वकप चितेको छ । उसले सन् २०१२ र २०१६ को विश्वकप जितेको हो ।
आजको खेल वर्षाले प्रभावित पार्न सक्ने आँकलन पनि गरिएको छ । आज खेल हुन नसकेका खण्डमा फाइनलका लागि भोलि सोमबार ‘रिजर्भ डे’ पनि राखिएको छ । सोमबार पनि वर्षाको सम्भावना छ । त्यसैले दुवैले उपाधिमा साझेदारी गर्नु पर्ने स्थिति पनि हुन सक्छ ।
आइसीसी प्रतियोगिताको फाइनलमा पाकिस्तान र इंग्ल्याण्डको भेट यसअघि सन् १९९२ मा भएको थियो । त्यस बेला पाकिस्तानले क्रिकेटको जन्मदाता इंग्ल्याण्डलाई अष्ट्रेलियाको भूमिमा हराउँदै पहिलो पटक एकदिवसीय विश्वकप जित्न सफल भएको थियो । त्यति बेला पनि पाकिस्तानले लिग चरणमा राम्रो खेल्न सकेको थिएन । यद्यपि उसले नाटकीय मोडबीच सेमिफाइनल यात्र तय गरे
को थियो । त्यहाँ उसले न्युजिल्यान्डलाई हरायो र अन्ततः फाइनलमा इंग्ल्यान्डलाई पन्छायो ।