• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान

  •   शनिबार, पुष ०९, २०७९ मा प्रकाशित

तुलसीपुर, ९ पुस 
दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्नुहुन्छ, अनि पुग्नुहुन्छ बसपार्क । उहाँ प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्नुहुन्छ । न त उहाँ बसपार्क सफा गर्ने कर्मचारी नै हो । तर सामाजिक उत्तर दायित्व बहन गर्दै उहाँले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्नुहुन्छ । यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो ।
तुलसीपुर बसपार्क फोहर थियो । अव्यवस्थित रुपमा फोहर फालिएको थियो । तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे । त्यसैले पनि उहाँले सरसफाइ गर्न कर्मचारी नै हुनु पर्दैन, आफैँ पनि सरसफाइ गर्न सकिन्छ, भनेर लाग्नुभयो । “बसपार्क सरसफाइ गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरैफोहर थियो”, उहाँले भन्नुभयो ।

Advertisement

फोहर सफा गर्नुपर्छ भन्ने सन्देश दिन उहाँले काम थाल्नु भएको हो । उहाँले केही डस्टबिन त्यहाँ राख्नुभयो र फोहर राख्न अनुरोध गर्नुभयो । “मैले आफैँ सधैँ सफा गर्न सम्भव पनि हुँदैन, म आफैँ व्यवसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाइ गर्न थालेको हुँ”, उहाँले भन्नुभयो, “यसले बसपार्क सरसफाइ गर्न धेरै मद्दत पुगेको थियो ।” उहाँ तुलसीपुर बसपार्कस्थित बुढाथोकी सप्लायर्सको सञ्चालक पनि हुनुहुन्छ । विसं २०७७ फागुनदेखि उहाँले नियमित प्रत्येक हप्ता सरसफाइ गर्न थाल्नुभएको हो । सुरुमा एक्लै सरसफाइ गरे पनि पछि उहाँको त्यो कामलाई सहयोग गर्न अरु पनि थपिएपछि झनै सहज भयो । “६३ हप्तासम्म एक्लै सरसफाइ गरेँ”, उहाँले भन्नुभयो, “त्यसपछि केही साथीहरु थपिनुभयो ।” बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका राजु विकले भन्नुभयो । “पहिले दाइलाई एक्लै सरसफाइ गरेको देख्यौँ, त्यसपछि हामी सरसफाइ गर्नुपर्छ, भनेर लाग्यौँ”, उहाँले भन्नुभयो, “हामीले सचेतना फैलाउने हो ।” विक अहिले कक्षा ११ मा सेन्टर स्कुल अध्ययनरत हुनुहुन्छ ।

अहिले पाँच जनाले प्रत्येक शनिबार बसपार्क सरसफाइ गर्दै आउनुभएको छ । यातायात व्यवसायी टङ्क विक भन्नुहुन्छ, “पहिले निकै फोहर हुने गथ्र्यो, अहिले नियमित उहाँहरुले सफा गर्न थालेपछि बसपार्क सफा हुँदै गएको छ ।” उहाँहरुले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउँछ ।-(रासस)

शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.