• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

  •   सोमबार, पुष ११, २०७९ मा प्रकाशित

पुस ११, काठमाण्डाै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएका राप्रपा र उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् ।

Advertisement

आज साेमवार बसेको राप्रपाको पदाधिकारीको बैठकले देशलाई अनिर्णयको बन्दी हुन नदिनका लागि प्रचण्डलाई समर्थन गरे पनि सरकारमा नजाने निर्णय गरेको हो । पछि परिस्थिति हेरेर निर्णय गर्न सकिने तर अहिले सरकारमा सहभागी नहुने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । राप्रपासँग १४ जना सांसद रहेका छन् ।

यस्तै रेशम चौधरी रहेकै जेलमा बसेको नागरिक उन्मुक्ति पार्टीकाे बैठकले पनि सरकारमा सहभागी नहुने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टीसँग तीन सिट रहेको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टी भने सरकारमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । उसले नागरिकले परिवर्तनको आभास गरिहाल्ने गरी काम गर्ने भन्दै भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्यजस्ता मन्त्रालय पाउनुपर्ने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग २० सिट रहेको छ ।

यस्तै डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले पनि कृषि तथा पशुपक्षी मन्त्रालयको दाबी गरेको छ । उसले किसानले मल, बिउ नपाएको समस्या तत्कालै समाधान गर्ने र बिचौलियाको जालो तोड्ने भन्दै कृषि मन्त्रालयको माग गरेको हो । जनमत पार्टीसँग छ सिट रहेको छ ।

सोमबार, पुष ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.