• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

श्रम स्वीकृतिको टोकन व्यवस्थापनमा थप सहजीकरण

  •   शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित

तत्काल श्रम स्वीकृति लिएर विदेश उड्न पर्नेहरूको सहजताका लागि वैदेशिक रोजगार कार्यालय ताहाचलले स्वीकृतिको टोकन व्यवस्थापनमा थप सहजीकरण गरेको छ ।
आजको आजै श्रम स्वीकृति चाहिनेका लागि प्रत्येक दिन बिहान ११ बजे र भोलिपल्ट श्रम स्वीकृति लिन पर्नेहरूका लागि प्रत्येक दिन दिउँसो साढे ३ बजे श्रम स्वीकृतिका लागि टोक खुल्ला गरिने गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचलका सूचना अधिकारी वसन्त बहादुर बोहराले जानकारी दिनुभयो । यो व्यवस्था भएपछि तत्काल श्रम स्वीकृति लिन खोज्नेहरूले पनि श्रम स्वीकृति नपाउने समस्या हटेको उहाँले बताउनुभयो ।

Advertisement

‘कतिपयको आज या भोलिकै टिकट हुने र अन्तिम समयमा आएर श्रम स्वीकृति गर्न खोज्दा टोकन नै पाउने समस्या भएपछि हामीले अहिले टोकन व्यवस्थापन गरेका छौँ’ सूचना अधिकारी बोहराले भन्नुभयो ‘आज बेलुकै मेरो टिकट छ अब कसरी श्रम लिने भन्ने भएको छ भने उहाँले बिहान ११ बजे श्रमको लागि आवेदन दिन सक्नुहुन्छ भने भोलिपल्ट श्रम स्वीकृति लिँदा हुन्छ पर्सिको दिनको टिकट छ भने भोलिपल्टको टोकन चाहिँ दिउँसो साढे तीन बजे खुल्छ त्यही बेला आवेदन दिन सक्नुहुन्छ ।’

पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाट नै लिन सकिन्छ । अनलाइनबाट श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार विभागले छुट्टै अनलाइन सिस्टमको विकास गरेको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत श्रम स्वीकृतिका लागि आवेदन दिन सकिन्छ ।

नयाँ, व्यक्तिगत श्रम स्वीकृति होस् या वैदेशिक रोजगारीमा गइसकेकाले श्रम नवीकरण गर्दा होस् सबैभन्दा पहिला अनलाइनमार्फत सबै कागजात र प्रक्रियासहित आवेदन दिन पर्छ । कल्याणकारी कोष र बिमाको रकमसमेत तिरे पछि मात्रै अनलाइन आवेदन दिन मिल्छ ।

अनलाइनबाट आवेदन दिँदा नै उपलब्ध टोकनहरू मिति अनुसार देखाउँछ । आफूलाई आवश्यक पर्ने मितिमा क्लिक गरेर आवेदन दिन सकिन्छ । तर विदेश उड्ने अन्तिम दिन श्रम स्वीकृति लिन खोज्दा भने पहिले नै टोकन प्याक हुने र नपाउने समस्या थियो । यही समस्यालाई सहजीकरण गर्न आजको आजै लिन पर्नेहरूका लागि दैनिक एक सय र भोलि पल्ट लिनेहरूका लागि २८० टोकन छुट्टाइएको सूचना अधिकारी बोहराले बताउनुभयो ।

तर अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुन सक्छ । कहिलेकाहीँ कागजात नमिल्न या नपुग्न पनि सक्छ । त्यसैले बिदामा नेपाल आउनासाथ श्रम स्वीकृति भने गरिहाल्न उहाँले अनुरोध गर्नुभयो ।

‘श्रम स्वीकृति जतिसक्दो चाँडो गरिहाल्नुहोस्, घरमै बसेर पनि आवेदन दिन सकिन्छ’ सूचना अधिकारी बोहराले अनुरोध गर्दै भन्नुभयो ‘विदेश जाने बेलामा मात्र लिन्छु भनेर ढुक्कले नबस्नुहोस् ।’

शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.