• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक

  •   शनिबार, पुष १६, २०७९ मा प्रकाशित

चौतारा, १६ पुस 
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ । पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चानलन हुने चौतारा साँगाचोक नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताउनुभयो । वडा नम्बर४ कुबिण्डे, वडा नम्बर १ स्याउले र वडा नम्बर ११ भिमटारमा सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा पाँच सय ७२ ले सेवा लिएका छन् । आँखा परीक्षण चार सय ४३ जनाको भएकोमा मोतियाबिन्दु भएको २९ बिरामी भेटिएका छन् । रक्त परीक्षण गरिएको चार सय २८ मा १० जनामा मधुमेह भेटियो । क्षयरोगको शङ्कास्पद पाँच जना देखिएका छन् ।

Advertisement

स्वस्थ रहनका लागि चेतना सबैभन्दा महत्वपूर्ण भएको हँुदा हरेक टोलमा पुगेर जनचेतनामूलक ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक सञ्चालन गरिने नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकले उपचारका लागि सास्ती भोग्न थालेपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गर्दै रु २५ लाख रकम विनियोजन गरेको छ । आर्थिक अवस्थाले उपचार नै नपाएका, स्वास्थ्य संस्थामा पुग्ने अवस्था नभएका बिरामी पहिचान गर्दै विशेष कार्यक्रमसमेत ल्याउने नगरप्रमुख सापकोटाले बताउनुभयो ।

नगर जनस्वास्थ्य अधिकृत दिनेश नेपालका अनुसार पहिलो चरणमा प्रत्येक वडामा शिविरमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै रोग र समस्या पहिचान गर्ने गरेको छ । आवश्यकताअनुसार उनीहरूलाई निःशुल्क औषधिसमेत बाँडिने र अन्यत्र रेफर गर्ने नेपालले बताउनुभयो ।

पहिला एक पटक आँखा जाँच गर्दा काठमाडौँ जाने सल्लाह पाए पनि पैसा नभएर जान नसकेको अवस्थामा गाउँमै शिविर सञ्चालन भएपछि भिमटारकी ७० वर्षीया वृद्ध धनमाया माझीले खुसी व्यक्त गर्नुभयो ।

आइतबारको शिविरमा एकै व्यक्तिमा तीन÷चार वटा दीर्घरोगसमेत देखिएको भन्दै केहीलाई बाहिरको अस्पतालमा जान भनिएको छ । स्वास्थ्यकर्मी औषधोपचार नपाएका अशक्त, अपाङ्गता भएका ज्येष्ठ नागरिकको टोलमै पुगेर उपचार र स्वास्थ्य परीक्षण गर्दा दैलोमै सरकारको अनुभूति भएको स्थानीय कालिका दुलालले बताउनुभयो । अधिकांश ज्येष्ठ नागरिकमा दम, उच्च रक्तचाप, मधुमेह, बाथलगायत स्वास्थ्य समस्या देखिएका छन् ।

(रासस)

शनिबार, पुष १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.