• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

प्रतिकूलतामा गम्भीरता, नवीनताको प्रतिबद्धता : महामन्त्रीद्वय थापा र शर्मा

  •   शनिबार, पुष १६, २०७९ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम तथा त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने उल्लेख गर्नुभएको छ । पार्टीबाट असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने उहाँहरुले उल्लेख गर्नुभयो ।

Advertisement

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्तिमार्फत कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढङ्गबाट अबको बाटो तय गर्ने उल्लेख गर्नुभएको छ । विसं २०३३ मा आजकै दिन ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को नीति लिएर जननायक बिपी कोइराला निर्वासनबाट स्वदेश फर्किनुभएको थियो । त्यसबेला सबै मिलेर हाम्रो देशको लोकतन्त्र, शान्ति र समुन्नतिमा योगदान दिन उहाँले गर्नुभएको आह्वान आज पनि उत्तिकै सान्दर्भिक छ ।

गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपश्चात् मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ । “नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ । तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पु¥याउन नसक्दा केबल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौँ । हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौँ कि निर्वाचनका बेला एउटा गठबन्धन र एउटा वाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन”, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले वर्तमान सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षका रुपमा सशक्त भूमिका निर्वाह गर्ने तथा राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिने महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ । कांग्रेसले आफ्नो गौरवशाली इतिहासमा यस्ता अनेकौँ चुनौती र अफ्ठ्यारा मोड सामना गरेको तर हर चुनौतीलाई चिरेर दृढतापूर्वक अघि बढेको छ र देशलाई सफलतापूर्वक निकास दिएको छ । त्यसैले अहिलेको परिस्थितिलाई पनि सङ्कटका रूपमा लिएर हतास हुने छुट आफूहरुलाई नभएको उल्लेख गर्दै उहाँहरुले यसलाई पार्टीको शुद्धीकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबर्जस्त तागत प्रस्तुत गर्ने बताउनुभएको छ ।

पार्टीलाई अहिलेको अलमलबाट बाहिर निकाल्नैपर्ने र अहिलेको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्ने उद्घोषका साथ महामन्त्रीद्वय थापा र शर्माले त्यसका लागि अविलम्ब पार्टीको संरचना र सङ्गठन गतिशील र चुस्त बनाउने बताउनुभएको छ । विधानत, पार्टीमा बनाउनुपर्ने सबै संरचना र भ्रातृ तथा सुभेच्छुक संस्थाको विधिसम्मत पूर्णता दिने, पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम सञ्चालन गर्ने, विधानबमोजिम गर्नुपर्ने नीति महाधिवेशन गरी पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम अविलम्ब गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

कार्यकर्ता पङ्क्तिमा आत्मविश्वास र आमजनताको भरोसालाई पुनःस्थापित गर्नेगरी पार्टीलाई दिशानिर्देश गर्न पार्टीमा आत्मसमीक्षा गरेर मात्रै नपुग्दैन र त्यसलाई सच्याउँदै आफू बदलिने र देशको मुहार बदल्ने सपना र सङ्कल्प पनि देखाउन सक्नुपर्ने दृढता व्यक्त गर्नुभएको छ । ‘बदलिएको कांग्रेस र बलियो कांग्रेस’को स्पष्ट खाका निर्माण र अवलम्बन गर्न अब हरेकले फेरि एकचोटी जुर्मुराउनुपर्ने उल्लेख गर्दै उहाँहरुले यस अवस्थामा पार्टीको केन्द्रदेखि टोलसम्म, भ्रातृसंस्थादेखि शुभेच्छुक संस्थासम्म, पेशागत बुद्धिजीवीदेखि श्रमिक र किसानसम्म, स्वदेशको गाउँदेखि परदेशको मरुभूमिसम्म जो जहाँ छौँ, त्यहीँबाट संस्थागत या व्यक्तिगतरुपमा गर्नसक्ने योगदानका लागि थप उत्साह, एकता र रुपान्तरणको भावनासाथ अघि बढ्न हामी अपिल गर्नुभएको छ ।

आजको समयसम्म आइपुग्दा वैचारिक रुपान्तरणले होस् या बाध्यताले नेपालका प्रायः सबै राजनीतिक दल संसदीय लोकतान्त्रिक परिपाटीमा समाहित भएका छन् । लोकतान्त्रिक मार्ग नेपालको राष्ट्रिय एकताको साझा अठोट र साझा मार्ग बन्दै गएको छ । यसमा सन्तोष मान्नुपर्छ किनकी मूलतः यो बिपी कोइरालाको राजनीतिक विचार र प्रभावको विजय भएको महामन्त्रीद्वय थापा र शर्माले बताउनुभएको छ । तर यसै व्यवस्थाभित्र जन्मिनसक्ने अधिनायकवादी र अतिवादी चिन्तनलाई परास्त गर्न कांग्रेस सदैव सजग रहने उहाँहरुको भनाइ छ ।

महामन्त्रीद्वय थापा र शर्माले ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आधार हिजोको समयमा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक प्रणाली रहेको उल्लेख गर्दै सन्तुलित बाह्य सम्बन्ध, सबल राष्ट्रियता, सुदृढ लोकतन्त्र र सुशासनको मार्गबाट नेपालको समुन्नति सम्भव छ भन्ने मान्यता आजको मेलमिलापको आधार र विश्वास हो भन्ने तथ्यमा आफूहरु प्रष्ट र दृढ रहेको तथा त्यो यात्रामा अविचलित ढङ्गले समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
(रासस)

शनिबार, पुष १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.