• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

पीएचडी गरेकालाई मैले कहाँ होच्याएँ ? -ओलीको स्पष्टीकरण

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पीएचडी गरेका व्यक्तिलाई नहोच्याएको स्पष्टीकरण दिएका छन् ।

Advertisement

आइतबार काठमाडौंको ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीसँगको अन्तरसंवादका क्रममा उनले सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोबारे स्पष्टीकरण दिएका हुन् ।

गत महिना सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा ओलीले ‘पीएचडी भनेको एउटा विषयको थेसिस न हो त्यसलाई के के न ठान्छन्, मुर्खहरुको जमाना छ’ भनेका थिए । सोही विषयलाई लिएर ओलीले पीएचडी गर्ने मान्छेलाई होच्याएको भन्दै आलोचना भएको थियो ।

आफ्नो आलोचना भइरहेको बारे पनि थाहा पाएका ओलीले आइतबारको विद्यार्थीसँगको अन्तरसंवादमा भने त्यसको प्रष्टीकरणमा लामै समय दिए ।

ओलीका अनुसार एक जना पीएचडी गरेका व्यक्ति ओलीसमक्ष पुगेका थिए । उनीसँगको कुराकानीका क्रममा आफूले पीएचडी गरे पनि घमण्ड नगर्न आग्रह गरेको ओलीले बताए ।

‘जो बाबु म सँग आएका थिए । तपाईले यति राम्रो पढ्नुभयो, बहुत राम्रो छ । तर घमण्ड दिमागमा पस्न नदिनुस्, सधैं सिकिरहनुस्, नयाँ नयाँ कुरा जान्ने, सिक्ने कोशिस गरिरहनुस् । घमण्ड दिमागमा पस्यो भने अरु थोकलाई ठाउँ हुँदैन, घमण्ड भरिएपछि दिमागमा घमण्डमात्र हुन्छ, अरु पस्दै पस्दैन । नलेज पसाउनुछ भने घमण्डलाई स्थान दिनुहुन्न’ ओलीले ती व्यक्तिलाई आफूले दिएको सुझावबारे भने ।

त्यसपछि ओलीले अरस्तुको एउटा कथा सुनाए । जसको सार थियो, विद्वानले घमण्ड गर्न हुँदैन । यो संसार ज्ञानको भण्डार हो, हामीले सिकेको कुरा त त्यसको सानो अंश मात्र हो ।

त्यसपछि ओलीले पीएचडी गरेका तिनै व्यक्तिको कुरा जोडे । ‘उनले लुकेर भिडियो खिचेछन्, अरु सबै कुरा कटाए । पीएचडी गर्दैमा सबै कुरा जानिन्छ भन्ने कुरा होइन, त्यहीँ चाहिँ राखेर …’ ओलीले सम्पादित भिडियो मात्र सार्वजनिक गरिएको बताए ।

ओलीले भने, ‘मैले विचार गरेँ, ती चाहिँ खास विद्वान भइसकेका रहेछन्, मलाइ थाहा भएन । मैले त भरसक राम्रै बनाउन खोजेको हो, तर उनी त बनिसकेका रहेछन् । बनिसकेको घरमाथि इँटा थपेजस्तो भएछ । छतमा इँटा राखेजस्तो । जगमा राख्नुपर्ने छतमा राखेजस्तो भएछ, भाइरल ।’

ओलीले अगाडि भने, ‘मलाई आरोप आयो, आफू बज्रस्वाँठ छ, पढेलेखेको छैन, अनि पढेलेको मान्छे आयो भने पीएचडी गर्दैमा सबै जानिन्छ भनेर होच्याउँछ, भन्छन्, मैले कहाँ होच्याएँ ?’

अन्तिममा उनले थपे, ‘कोही पनि मान्छे ठूलो हुँदैन । उमेरले ठूलो होला, पद, ओहोदामा ठूलो होला, मान्छेका रुपमा ठूलो र सानो हुँदैन ।’

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.