• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सरकार गठनका लागि आह्वान भइसक्यो, मुख्यमन्त्री भागवण्डा गर्नै बाँकी

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान गरेका छन् ।

Advertisement

उनले संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २४ गते बेलुका ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश १ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा रहेका दलको प्रष्ट बहुमत छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

नेकपा एमालेको ४० र माओवादी केन्द्रको १३ सांसद छन् । संघीय सरकारलाई समर्थन गरेको राप्रपाको ६ र जनता समाजवादी पार्टी (जसपा)को एक सांसद छन् ।
तर सत्ता गठबन्धनमा कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने भागवण्डा भइसकेको छैन ।

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले र माओवादी केन्द्रको दाबी छ । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनको पहल गर्न संसदीय दलको नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा वार्ता समिति बनाएको छ । माओवादी केन्द्रले प्रदेश १ का इन्चार्ज राम कार्कीले नेतृत्वमा समिति बनाएको छ ।

दुवै समितिबीच सम्वाद हुन सकेको छैन । बरु प्रदेशको मुख्यमन्त्री नछाड्न पार्टी नेतृत्वलाई दबाव दिइरहेका छन् । ‘मुख्यमन्त्रीमा हाम्रो दाबी छ, एमालेको पनि दाबी छ,’ माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो भन्छन्, ‘भागवण्डाको टुङ्गो केन्द्रबाट लाग्छ ।’

एमाले संसदीय दलका नेता कार्की भने केन्द्रीय तहमा हुने भागवण्डामा प्रदेश १ को मुख्यमन्त्री एमालेले पाउने ढुक्क छन् । ‘मुख्यमन्त्रीको विषयमा विवाद रहेन’, उनले भने, ‘बाँकी विषय हामी छलफल गरेर टुङ्गो लगाउँछौं ।’

सांसद संख्याका हिसाबले पनि माओवादीभन्दा एमाले तीन गुणा ठूलो छ भने सत्ता साझेदार दलहरुको प्रारम्भिक खाकामा प्रदेश १ को नेतृत्व एमालेलाई प्रस्ताव गरिएको छ । त्यसलाई बुझेको माओवादी केन्द्रका नेताहरुले मुख्यमन्त्री र सभामुखमध्ये एउटा लिने रणनीति बनाएका छन् । यद्यपि पार्टीको प्राथमिकता मुख्यमन्त्री नै भएको दल नेता आङ्बो बताउँछन् ।

एमाले संसदीय दलका नेता कार्कीका अनुसार समग्र विषयमा सहमति खोजेर सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने तयारी छ । आन्तरिक छलफल चलिरहेको बताउँदै उनले भने, ‘ढिलोमा बुधबारसम्म दाबी पेश गर्छाैं ।’

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.