• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

आउँदाे ३ दिन अत्यधिक चिसाे बढ्ने, बिहानकाे समयमा सकेसम्म बाहिर ननिस्किन सुझाव

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

आउँदो तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

Advertisement

विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । केही दिनयता देशभर बाक्लो हुस्सु लाग्दा चिसोमा उत्तारचढाव भइरहेको छ । आउँदो तीन दिनसम्म देशका धेरैजसो ठाउँमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूको सुझाव छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताउनुभयो । उहाँले आज (आइतवार) देखि तीन दिनसम्म देशको धेरैजसो भागमा शीतलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । अबका केही दिन चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरूले बिहानको समयमा घरबाहिर ननिस्किन उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय एकपछि अर्को पश्चिमी वायुका कारण चिसो बढेको छ । आजदेखि तीन दिनसम्म देशको धेरैजसो भागमा लगभग शीतलहरकै अवस्था रहन्छ । चिसो अझै बढ्नेछ । अरब सागरमा न्यून चापीय अवस्थाका कारण आद्रतासहितको हावा बहेर उत्तरतिर धकेलिँदा त्यसले तुँवालोको फर्मिसन गर्छ । पश्चिम बङ्गालमा पनि केही समयअघि मात्रै न्युन चापीय अवस्था सिर्जना भएको थियो । पश्चिमी वायुको प्रभाव परेका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपातको अवस्था बढेको छ ।’

जलवायु विज्ञ उप्रेतीले ‘मर्निङ वाक’ मा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताउनुभयो । उहाँले फोक्सोको क्यान्सर भएका, श्वासप्रश्वासमा समस्या भएका, मुटुका बिरामी, बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताउनुभयो । उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताउनु भयो । हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायु प्रदूषणमा पर्ने उहाँको भनाइ छ ।

विज्ञ उप्रेतीले अहिले समुद्री सतहको तापक्रम औसतभन्दा कम रहेकाले चिसो बढिरहेको बताउनुभयो । उहाँले न्यूनतम तापक्रम घट्दै जाँदा चिसो र शीतलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो । तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु जरुरी रहेको उहाँले बताउनुभयो ।

हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदूषण बढ्ने उप्रेतीले बताउनुभयो । गएको वर्षको यो सिजनमा पानी परिसकेको भए पनि यस वर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्ने उहाँको भनाइ छ । उहाँले मौसम अनुकूल नहुँदा पश्चिम तराईका केही जिल्लामा चिसोका कारण बिरामी बढेका र आउँदा दिनमा काठमाण्डौसहित पहाडी जिल्लामा समेत यसको प्रभाव देखिने बताउनुभयो ।

डा. उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर भरसक हिँडडुल गर्न वा घरभित्रै व्यायाम गर्न, न्यानो लुगा लगाउन, पानीमा धेरै बेर नभिज्न, बिहान बहिर हिँड्नै परे मास्कको प्रयोग गर्न सुझाव दिनुभएकाे छ । यस्तै झ्याल/ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्न, गाडी चलाउँदा गति सीमित हुनेगरी चलाउन र फोग लाइटको प्रयोग गने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न उहाँकाे सुझाव छ ।

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.