गैँडाकोट, महेश ढकाल
मास्टर्स सेफ फुड प्रालीेले नयाँ ब्राण्डको शुद्ध बासमती चामल नेपाली बजारमा ल्याएको छ । भारतको शिव कृति एग्रो प्रालिको सहकार्यमा बासमती चामल नेपाली बजारमा ल्याइएको हो । मास्टर्स सेफ फुड प्रालीेले आज (मंगलबार) गैँडाकोटको नारायणी रिर्सोटमा एक कार्यक्रमको आयोजना गरी सो बारे जानकारी गराइएको हो ।
Advertisement
चितवनका पाँच जना ब्यवसायी मिलेर मास्टर्स सेफ फुड सञ्चालन गरेका हुन । मास्टर्स सेफ फुड प्रालीे का अध्यक्ष प्रभाकर पण्डितले नेपालीलाई शुद्ध बासमती चामल उपलब्ध गराउन खोजेको बताउनुभयो। शिवकृती एग्रोको चामल बजारको चामल भन्दा गुणस्तरीय, मूल्य पनि कम भएको उँहाले दाबी गर्नुभयो ।
अहिले रेस्टुरेन्टका लागि कर्न फ्लर, बेकिङ पाउडर, अजिना मोटा लगायतको सामाग्री बजारमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया