लमजुङ – चितवनको सेन्ट्रल कलेज रड्स क्लबले लमजुङको त्रिवेणी कपको उपाधी जितेको छ । वेशीशहरमा भएको फाइनलमा रड्सले सर्लाहीको बागमती क्लबलाई हराउँदै उपाधी कब्जा गरेको हो । रड्सले सडन डेथमा बागमतीलाई हराएको हो । खेलको निर्धारित समयमा दुवै टिमले एक –एक गोल गरेका थिए । बागमतीका लागी अनिल रानामगरले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । रड्सका सुरेस कुमालले गोल गरेपछि बराबरीमा सकिएको खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा पनि बराबरी पछि भएको सडन डेथमा भविन्द्र मल्लले गोल गरेपछि रड्सले उपाधी जितेको हो ।
उपाधीसंगै रड्सले पाँच लाख नगद सहित ट्रफि जितेको छ । दोस्रो हुने बागमतीले तीन लाख पायो । उपाधीको जितले जिल्लाको गरिमा बढेको रामपुर फुटबल क्लब (रड्स) का अध्यक्ष विजय घलेले बताए ।
पश्चिम चितवनको रामपुरमा रहेको रड्स क्लब चितवनको पुरानो फुटबल क्लब हो । रड्सलाई नारायणगढको सेन्ट्रल लकेज अफ भोकेसनल ट्रेनिङ प्रालिले प्रायोजन गरेको हो । वैदेशिक शिक्षामा काम गरेको सेन्ट्रल कलेजले जिल्लाको खेलकुद गतिविधिमा सहयोग गर्दै आएको प्रिन्सिफल वाईबी पौडेलले बताउनुभयो ।