पोखरा– नेपाल प्रेस युनियनको गण्डकी प्रदेश अध्यक्षमा पोखराका टंकराज अधिकारी निर्विरोध निर्वाचित बनेका छन् । पोखरामा मंगलवार भएको युनियनको पहिलो प्रदेश अधिवेशनले अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । अधिकारी यसअघि युनियनको केन्द्रीय सदस्य थिए ।
त्यस्तै खुल्ला उपाध्यक्षमा माधव रेग्मी ( कास्की ) र महिला उपाध्यक्षमा संगिता केसी बानियाँ ( पर्वत ) , समावेशी उपाध्यक्षमा शारदा झेडी मगर ( नवलपुर ), महासचिवमा प्रकाश ढकाल ( कास्की ), खुल्ला सचिवमा नारायण रिजाल ( बाग्लुङ ) , अञ्जना तिमल्सिना (( तनहँ ), समावेशी सचिवमा मोहसिन अलि मियाँ (गोरखा ) र कोषाध्यक्षमा सन्देश पोडेल ( लमजुङ ) निर्विरोध भएका छन् । लेखा समितिको संयोजक रामकृष्ण डुम्रे ( स्याङ्जा ) चयन भएका छन् ।
संघिय ढाँचामा गएको युनियनको यो पहिलो प्रदेश अधिवेशन हो । यसअघि अन्य प्रदेशमा पनि अधिवेशनको लागी प्रेस युनियनले मिति तय गरिसकेको छ ।