• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, मङि्सर ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

माघीको तयारीमा थारू समुदाय

  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित

बेदकाट
कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघी सम्बन्धी गीत पनि गुञ्जिन थालेका छन् ।

Advertisement

माघी धुमधामसँग मनाउन तयारीमा जुटेको बेदकोट नगरपालका–५ का सुरज चौधरीले बताउनुभयो । “बस्तीमा पर्वको रौनक बढेको छ, अहिले थारुहरु जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानीपिसानी गर्नेलगायत कार्यमा जुटेका छन्,” उहाँले भन्नुभयो, “हामी माघीलाई नयाँ वर्षको रुपमा मनाउँछौँ ।” माघ १ गतेदेखि थारू नयाँ संवत् सुरुवात हुने थारु समुदायको मान्यता छ ।

उनीहरु माघीमा बङ्गुरको मासु नभइ नहुने परिकारको रुपमा लिन्छन् । “माघमा बङ्गुर नभएकाले त्यसको तयारीमा अहिले देखिनै जुटेका छन्,” सुरजले भन्नुभयो, “मासु लिनेको लिस्ट माघीपूर्व नै बनाइसकेका हुन्छौँ ।”माघीमा चामलको पिठोबाट परम्परागत परिकार ढिक्री बनाउने गरिन्छ । ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानीपिसानीको काम भइरहेको भीमदत्त नगरपालिका–१८ की लक्ष्मी चौधरीले बताउनुभयो ।

“विस्तारै विस्तारै गाउँघरका सबैजना तयारीमा जुटेको देखिन्छ,” उहाँले भन्नुभयो, “हाम्रो पनि तयारी भइरहेको छ ।”माघीको अवसरमा विभिन्न ठाउँमा माघी मिलन कार्यक्रमसमेत आयोजन गरिन्छ । उक्त समुदाय अहिले माघी मिलनको कार्यक्रमको तयारीमा समेत रहेको छ । माघी माघ महिनाभर मनाउने गरिएको बेदकोट नगरपालिकाका प्रदीप रानाले बताउनुभयो । “पुस अन्तिम दिनदेखि पर्व सुरु हुन्छ, पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन छ,” उहाँले भन्नुभयो, “ सखिया, लठ्ठी नाच देखाउँदै घर घरमै गएर सानालाई आर्शिवाद दिने र ठूलाबाट आर्शिवाद लिने गरिन्छ ।”

प्रदिपका अनुसार माघ १ गतेका दिन सबेरै उठेर नजिकैको नदी, तलाउमा नुहाएर पूजापाठ गर्ने प्रचलन छ । यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नाका साथै ढिक्री, मासुलगायत परिकार खाएर पर्व मनाउने गरिन्छ । पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्य सुरुवात गर्ने प्रचलन थारु समुदायमा छ ।

माघ पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ । यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन पनि गरिन्छ । धार्मिक र सामाजिक महत्व बोकेको माघी थारू समुदायका मुक्तकमैयाका लागि मुक्तिको पर्व पनि हो । माघी मनाउन विदेश रहेका व्यक्ति पनि घर फर्कने गर्छन् । माघ ठूलो र खुशीको पर्व रहेकाले बस्तीमा नाचगान गरेर मनाउने गरिएको लालझाडी गाउँपालिकाका लोकेन्द्र चौधरीले बताउनुभयो ।
(रासस)

आइतबार, पुष २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.