• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

कलाकार अरनिकोको घरलाइ सङ्ग्रहालय बनाइने

  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय विभूति कलाकार अरनिकोको घरलाई सङ्ग्रहालय बनाउने प्रतिबद्धता गर्नुभएको छ ।

Advertisement

नेपाल व्यावसायिक कलाकार सङ्घको २८औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको उपलक्ष्य पारेर ललितपुर महानगरपालिका–६ मा रहेको उहाँको घरलाई सङ्ग्रहालय बनाउने बताउनुभएको हो ।

तेह्रौँ शताब्दीका प्रसिद्ध कलाकार अरनिको नेपालबाट १७ वर्षको उमेरमा ९९ जना कलाकारको टोलीको नेतृत्व गरी चीनमा गएर त्यहाँ नेपाली कला र कौशलको प्रचारप्रसार गरेको भन्दै महर्जनले अरनिकोको जन्मस्थल ललितपुर जिल्ला भएको तथ्य औँल्याउनुभयो । “उहाँ बसेको घर जेजस्तो अवस्थामा छ त्यसको संरक्षण र सम्वद्र्धन गरी त्यसलाई सङ्ग्रहालयका रुपमा विकास गर्न प्रतिबद्ध छु”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकूलपतिद्वय किरण मानन्धर र कान्छाकुमार कर्माचार्यको विशिष्ट आतिथ्यमा महानगरपालिकाका प्रमुख महर्जनको हातबाट १६ जनाभन्दा बढी कलाकारलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

सो अवसरमा महर्जनले शताब्दी पुरुष, संस्कृतविद् एवं अरनिकोविद् सत्यमोहन जोशीको अनुशरण गर्दै महानगरले धेरै काम गरेको बताउनुभयो । उहाँले सत्यमोहन जोशीले १९७१ सालमा अरनिकोबारेमा पुस्तक निकालेपछि मात्रै नेपालमा अरनिकोलाई राष्ट्रिय विभूतिको स्थान दिइएको उल्लेख गर्नुभएको थियो ।

साथै उहाँले डा के के पाण्डेको पुस्तकमा व्याख्या गरेअनुसार ललितपुर महानगरपालिका वडा नं ६ मा अरनिको घर छ भन्ने उल्लेख भएको भन्दैसो घर सङ्ग्रहालयका रुपमा राख्नका लागि महानगरपालिकाले सम्बन्धित वडाध्यक्षसँग सहकार्य गर्दै अगाडि बढिराखेको जानकारी गराउनुभएको थियो ।

सङ्घद्वारा आयोजित पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान कार्यक्रममा विभिन्न कलाकार÷साहित्यकारलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद वैद्य र कला व्यवसायी तथा कलाकार रामकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो भने विभिन्न विधाका पुरस्कार कलाकारलाई दिइएको थियो । रु २५ हजार राशिको सुरेन्द्र प्रधान दीर्घ कला–साधक पुरस्कार–२०७९ कृष्ण मानन्धर र रु २० हजार राशिको क्रोधकला शिरोमणि पुरस्कार–२०७९ जुलुमलाल चित्रकारलाई दिइएको थियो । रु १५ हजार राशिको मुल्मी ग्राफिक डिजाइन एवार्ड–२०७९ कृष्ण मानन्धरलाई दिइएको थियो भने रु १० हजार राशिका हेम गङ्गा युवा कला प्रतिभा पुरस्कार २०७९ नरेन्द्र मल्ल र कान्ति घिमिरे न्यौपानेलाई प्रदान गरिएको थियो ।

साथै रु १० हजार राशिका अमात्य कला पुरस्कार २०७९, निर्वाण कला सम्मान २०७९, क्यान सिग्देल आर्ट पुरस्कार २०७९, ज्ञानी शाह क्यान अमूर्त कला सम्मान २०७९ र ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कार २०७९ क्रमशः तीर्थ निरौला, सुरेश प्रतीक, विजयकुमार कार्की ढली, गोविन्दलाल सिंह डङ्गोल र गङ्गाधर सारुलाई प्रदान गरिएको थियो ।

पाँच हजार राशिका पुरस्कार क्यान आइडियल कला पुरस्कार २०७९, बालकृष्ण स्मृति कला पुरस्कार २०७९, नारायणदेवी स्मृति पुरस्कार २०७९, राजेश मानन्धर कार्टुन अवार्ड २०७९ र ऋचा मैनाली रिमाल स्मृति पुरस्कार २०७९ क्रमशः चन्द्रकुमार ताम्राकार, नारायण लामिछाने, मुकेश मल्ल, रवि मिश्र र सिरपा श्रेष्ठलाई प्रदान गरिएको थियो । रु ३० हजार राशिको क्यान सत्यमोहन अरनिको राष्ट्रिय पुरस्कार २०७९ वासुदेव अधिकारीलाई प्रदान गरिएको थियो ।
(रासस)

आइतबार, पुष २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.