• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

अचार बेचेर आत्मनिर्भर

  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित

– मिला दरै
डुम्रे
सीप सिकेर त्यसको सदुपयोग गर्ने मानिस कमैे पाइन्छन् । तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लाग्नुभएको छ । उहाँले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गर्नुभएको छैन स्वरोजगार पनि बन्नुभएको छ ।

Advertisement

रानाले तत्कालीन घरेलु तथा साना उद्योग (पर्यटन तथा उद्योग) तनहुँबाट अचार बनाउने तालिम लिएपछि उद्यमशील र आत्मनिर्भर बन्ने लक्ष्यका साथ उद्योग सञ्चालन गर्नुभएको हो । विसं २०७२ देखि राना ‘धनु आचार उद्योग’ सञ्चालन गरी सीप र जागर भए थोरै लगानीमा स्वदेशमै मनग्य आम्दानी गर्न सकिने बताउनुहुन्छ ।

अचार उद्योग सञ्चालन गरी राना उदाहरण बन्नुभएको छ । उहाँ अहिले अचार बेचेर नाम र दाम दुवै कमाउन सफल हुनुभएको छ । उहाँले वार्षिक करिब रु ५० लाखको अचार बिक्री गरी रु १० लाख नाफा कमाउनुहुन्छ । मासिक रु चार लाखको हाराहारीमा आचार बिक्री हुने र रु ८० हजारदेखि रु ९० हजार मासिक नाफा हुने गरेको उहाँ बताउनुहुन्छ ।

आर्थिकरुपमा सबल बन्नका लागि आफैँले सीप सिकेर आत्मनिर्भर हुन सिक्नुपर्ने उहाँको भनाइ छ । यही दृढ लक्ष्यले अहिले अचार उद्योगबाट मनग्य आम्दानी गर्न सफल भएको उहाँ बताउनुहुन्छ ।

रानाले आफ्नै घरमा सञ्चालन गरेको उद्योगबाट विभिन्न ४२ भन्दाबढी परिकारका अचार उत्पादन गर्दै आउनुभएको छ । ती परिकारमध्ये १० प्रकारका अचार बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो । उहाँले सुरुमा रु दुई लाखको लगानी गरेर उद्योग सञ्चालन गर्नुभएको हो । उहाँले अचारबाट आएको मुनाफाबाट लगानी वृद्धि गरी रु २० लाख पु¥याउनुभएको छ ।

उहाँले गाउँमै उत्पादित कच्चापदार्थबाट प्राङ्गारिक अचार उत्पादन गर्दै आउनुभएको छ । उद्योग सञ्चालन गरिएसँगै आफैँ निरन्तररुपमा सवारी चलाएर अचार बेच्न विभिन्न ठाउँ पुग्ने गरेको उहाँ बताउनुहुन्छ । तनहुँलगायत कास्की, स्याङ्जा र कहिलेकाहीँ काठमाडौँसम्म अचारको माग आएपछि उहाँ सबै स्थान आफैँ सवारीमा अचार ढुवानी गर्न पुग्ने गरेको बताउनुहुन्छ ।

उहाँको उद्योगबाट दैनिक कम्तीमा चार सय ग्रामका एक सय ५० भन्दाबढी डिब्बा अचार उत्पादन हुँदै आएको छ । जैविक भएकाले अचारको बजारमा माग पनि उत्तिकै हुन थालेको उहाँ बताउनुहुन्छ । यस व्यवसायले आफूलाई आत्मसन्तुष्टि र कमाइ दुवै मिलेको उहाँले बताउनुभयो । रानाको उद्योगबाट उत्पादित अचार रु एक सय ३० देखि रु दुई सय ५० सम्म रहेको छ ।

उद्योगमा आलु, आँप, अकबरे खुर्सानी, अमला, कागती, मेथी, गाँजर, कर्कलो, कोइरालो, काउरो, लप्सी, टमाटर, तामा, सिप्लीगान, पिँडालु, बङ्गुर, चिकेन, भुरा माछा, खसी, काँक्रो, करेला, टिमुर, लसुन, मग्राते, मिक्स, मुला, सुकुटी, रुखकटहर, निउरो, स्कुस, फर्सी, गुन्दु्रक, भट्टमासलगायतका विभिन्न स्वाद (फ्लेवर) का अचार उत्पादन गर्दै आएको रानाले जानकारी दिनुभयो ।

उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर पोखरा, स्याङ्जा, लमजुङ, गोरखालगायतका बजारमा समेत माग बढ्दै गएको रानाले बताउनुभयो । अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने गरेको राना बताउनुहुन्छ । अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको रानाको भनाइ छ । “हातले अचार उत्पादन थोरै हुने हुँदा नाफा पनि कम हुन्छ, अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थालेका छौँ”, उहाँले भन्नुभयो ।

सरकारले मेसिन खरिदमा अनुदान दिने र सीप प्रदान गर्ने हो भने भारतीय बजारबाट आउने आचार विस्थापित गर्न सकिने रानाको बुझाइ छ । साविक घरेलु तथा साना उद्योगबाट ८० प्रतिशत अनुदानमा रु एक लाखको मेसिन प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।

राना जिल्लाकै नमुना घरेलु उद्यमी भएकाले उहाँको व्यवसायको सबैले प्रशंसा गर्ने गरेको घरेलु तथा साना उद्योगी महासङ्घ महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले बताउनुभयो । नमुना उद्यमी भएकोले उहाँको उद्योगलाई गण्डकी प्रदेश सरकारले विनाब्याज रु पाँच लाख ऋण उपलब्ध गराएको गौलीले बताउनुभयो ।

महिला उद्यमी बन्न चाहे पनि रकम अभावले गर्दा व्यावसायिकतातर्फ पाइला चाल्न कठिन हुने गरेको अध्यक्ष गौलीको भनाइ छ । “धितो राख्न केही नभइकन पनि सहुलियत ब्याजमा ऋण पाउने व्यवस्था गर्ने हो भने निर्वाहमुखी साना उद्योगलाई व्यावसायिक बनाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

उद्यमी रानाको उद्योग हेर्न विभिन्न स्थानबाट महिला उद्यमी समय समयमा आउने गरेको गौली बताउनुहुन्छ । रानाले अचार ढुवानीका लागि एउटा गाडी लिनुभएको छ । “हिक्मतिलो महिला हुनुुहुन्छ, पुरुषसरह काम गर्न सकिन्छ भन्ने जोश भएकाले उहाँलाई सफलता मिलेको छ”, गौलीले भन्नुभयो ।

उद्योगको प्रचारप्रसार बढेसँगै अत्यधिक माग आउने गरेकाले मागअनुसार उत्पादन बढाउन नसकेको उहाँले सुनाउनुभयो । कहिलेकाहीँ कच्चापदार्थको अभावमा मागअनुसार अचार उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो । अहिले उहाँले सात महिलालाई रोजगारी दिनुभएको छ । यसलाई वृद्धि गर्दै २० देखि २५ महिलालाई रोजगारी दिने योजना बनाएको समेत रानाले सुनाउनुभयो ।
(रासस)

आइतबार, पुष २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.