• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

रूख कटानको आदेश पर्खाइमा महाकाली करिडोर

  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित

– शेरबहादुर सिंह
महेन्द्रनगर
साढे १२ वर्षअघि सुरु भएको महाकाली करिडोर सडक निर्माण योजनाले अझै रूख कटानको पूर्ण आदेश पाउन सकेको छैन । नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको अधिकांश काम वनको रूख कटानको आदेश नआउँदा प्रभावित बनेको छ ।

Advertisement

सडक आयोजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोडबुढा क्षेत्रको १५ किलोमिटर शून्य विन्दुमा ट्र्याक खोल्न डेढ वर्षअघि रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि सो क्षेत्रको कञ्चनपुरको भू–भागमा पर्ने ११ किलोमिटर क्षेत्रफलमा रूख कटानको आदेश नआउँदा काम नै सुरु हुन सकेको छैन ।

पहिलो प्याकेजको डडेल्धुरामा पर्ने चार किलोमिटर क्षेत्रमा मात्रै रूख कटानको आदेश आएपछि निर्माण कम्पनीले सो क्षेत्रमा रूख कटान र सडकको ट्र्याक खोल्ने काम अघि बढाएको छ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इन्जिनियर योगेन्द्र अधिकारीले आयोजनाअन्तर्गत बैतडी, दार्चुला र डडेल्धुरामा निर्माणको काम भइरहेको बताउनुभयो ।

“डडेल्धुरामा दुईवटा प्याकेजमा गरी १४ किलोमिटर क्षेत्रमा रूख कटानको आदेश वनबाट आएर काम अघि बढेको छ”, इन्जिनियर अधिकारीले भन्नुभयो, “धेरै ठाउँको ट्र्याक खोल्ने काम वनको कटान आदेश नआउँदा अघि बढेको अवस्था छैन ।” उहाँले वनको कटान आदेश दिनुअघि वन डिभिजन र प्रदेश वन कार्यालयबाट अनुगमनपश्चात् मात्रै आदेश पाउने प्रावधान रहेको बताउनुभयो ।

“जिल्लाको वन डिभिजन कार्यालयले करिडोरअन्तर्गत रूख कटान क्षेत्रको अनुगमन गरिसक्यो”, अधिकारीले भन्नुभयो, “अब यो साताभित्रै प्रदेश वनबाट अनुगमन आएर कटान आदेश दिने तयारी रहेको सुनिएको छ ।”

उता ठेक्का सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि काम गर्ने वातावरण नभएपछि निर्माण व्यवसायीले निराशा पोखेका छन् । करिडोरको पहिलो प्याकेज कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रूख कटान गर्नुपर्ने छ भने डडेल्धुरामा १० हजार चार सय ७६, बैतडीमा चार हजार पाँच सय ९६ र दार्चुदामा दुई हजार ४२ रूख कटान गनुपर्ने सडक योजना कार्यालयले जनाएको छ । त्यसका लागि वन विकास कोषमा कार्यालयले रु ५७ करोड रकम जम्मा गर्नुपर्ने हुन्छ ।

“रु ३७ करोड रकम कोषमा हामीले जम्मा गरिसकेका छौँ”, इन्जिनियर अधिकारीले भन्नुभयो, “बाँकी रकम तिर्नका लागि सडक विभागमा रकम माग गरिसकेका छौँ ।” योजनाअन्तर्गत डडेल्धुरामा ५४ किलोमिटर सडक ट्र्याक खोल्नुपर्नेमा २२ किलोमिटर खोलिएको छ भने बैतडीमा ७० किलोमिटर र दार्चुलामा ९४ किलोमिटर सडक ट्र्याक खुलिसकेको छ । दार्चुलामा दुई सय किलोमिटरमध्ये ७८ किलोमिटर ट्र्याक खोल्ने कामको जिम्मेवारी नेपाली सेनाले पाएअनुरुप सेनाले कामलाई गति दिएको छ । चार सय २५ किलोमिटर लामो करिडोरको काम रूख कटानको प्रक्रियागत ढिलाइले गति पाउन सकेको छैन ।

त्यसैगरी यहाँका प्रमुख राजनीतिक दलले ब्रह्मदेवसम्मको करिडोरलाई यहाँ महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसित जाडेर यहाँको दोधारा चाँदनीलाई मुख्य आर्थिक नाका बनाउने विषय आफ्नो एजेन्डा बनाउँदै आएका छन् । पक्की पुलपारि दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव भएअनुरुप प्रक्रिया अघि बढेको छ भने चालु आर्थिक वर्षमा सरकारले रु एक अर्ब बजेटसमेत विनियोजन गरेको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि दोधारा चाँदनीलाई त्रिदेशीय एवं आर्थिक नाकाका रूपमा विकास गर्ने विषय दलीय प्राथमिकतामा परेको थियो । दोधारा चाँदनीको सुक्खा बन्दरगाह जोड्न भारतले पनि आफ्नो क्षेत्रमा पहुँच मार्ग निर्माण अघि बढाएको छ । भारतको सीमावर्ती चक्रपुरमा राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्म करिब चार किलोमिटर पहुँच मार्ग निर्माण भारतले अघि बढाएको हो ।
(रासस)

सोमबार, पुष २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.