• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

युक्रेन र इरानका महिला अधिकारकर्मी स्वीडेनी मानव अधिकार पुरस्कारबाट सम्मानित

  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित

स्टकहोम
महिला अधिकार र स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका युक्रेन, इरान र टर्कीका तीन जना महिलाले सन् २०२३ का लागि स्वीडेनको ओलोफ पाल्मे मानव अधिकार पुरस्कार प्राप्त गर्नुभएको छ ।

Advertisement

युक्रेनका मार्ता चुमालो, इरानका नार्गेस मोहम्मदी र टर्कीका इरेन केस्किनले युद्ध, हिंसा र उत्पीडनबाट मानव अधिकार खतरामा परेको अवस्थामा महिला स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि सम्मान गरिएको ओलोफ पाल्मे मेमोरियल फण्डले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मनोवैज्ञानिक तथा नारीवादी चुमालोलाई महिला अधिकारको प्रबद्र्धन गर्ने र महिलाविरुद्ध हुने हिंसाविरुद्ध लड्ने गैरसरकारी संस्था ‘वुमन पर्सपेक्टिभ्स’का संस्थापकमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ ।

कोषले भनेको छ, “सन् २०१४ देखि र विशेष गरी सन् २०२२ मा युक्रेनमा रूसको पूर्ण आक्रमणपछि चुमालो युद्धका प्रभावबारे जनचेतना जगाउने र पीडितको आवश्यकतालाई सम्बोधन गर्ने काममा निकै सक्रिय हुनुहुन्छ ।”

पत्रकार तथा मानव अधिकारकर्मी मोहम्मदीलाई पनि उक्त पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरिएको छ । पुरस्कार चयन समितिका अनुसार मोहम्मदी इरानमा महिला अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि भएको सङ्घर्षका लागि प्रमुख व्यक्ति हुनुुहुन्छ ।

उहाँ इरानी राष्ट्रिय शान्ति परिषद्का संस्थापकहरूमध्ये एक सदस्य हुनुहुन्छ । महिला अधिकारको पक्षमा वकालत गरेकोमा उहाँ इरानी प्रशासनबाट बारम्बार गिरफ्तार पर्नुभएको थियो र धेरै जेल अवधिहरू बिताउनुभएको थियो ।

‘राज्यविरुद्ध दुष्प्रचार गरेको’ अभियोगमा दोषी ठहर भएपछि उहाँ सन् २०२१ को नोभेम्बरदेखि जेलमा रहेको कोषले जनाएको छ ।

मानव अधिकारवादी वकिल इरेन केस्किनले आफ्नो देशमा ‘जातीय अल्पसङ्ख्यक, समलिङ्गी तथा अन्य नागरिक र आप्रबासी शरणार्थी’ लगायत भेदभावमा परेकाहरूको पक्षमा दशकौं बिताएकोमा उहाँलाई सम्मान गरिएको हो ।

पुरस्कार निर्णय समितिका अनुसार उहाँ ज्यान मार्ने धम्की र अभियोजन दुवैको निशानामा पर्नुभएको उहाँको अधिकारवादी विचारको लागि पनि उहाँलाई कैद गरिएको छ, जसका कारण एम्नेस्टी इन्टरनेसनलले उहाँलाई ‘अन्तस्करणको कैदी’ नाम दिएको छ ।

फेब्रुअरी १ मा स्टकहोममा एक भव्य समारोहबीच उहाँहरूलाई पुरस्कार वितरण गरिने कोषले बताएको छ ।

ओलोफ पाल्मे पुरस्कार ओलोफ पाल्मे मेमोरियल फण्डद्वारा वार्षिकरूपमा प्रदान गरिने एक लाख अमेरिकी डलर को पुरस्कार हो ।

सन् १९८६ मा स्टकहोममा भएको भियतनाम युद्धमा अमेरिकी संलग्नताको कट्टर विरोधी मानवअधिकारकर्मी तथा स्वीडेनका सोसल डेमोक्र््यटिक प्रधानमन्त्री ओलोफ पाल्मेको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

सन् १९८७ देखि यो पुरस्कारले कङ्गोका चिकित्सक तथा नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगे, संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नान र पेन्टागन पेपर्सका ह्विसलब्लोअर डेनियल एल्सबर्गलगायत विश्वभरका मानव अधिकार रक्षकहरू यस पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
(रासस÷सिन्ह्वा)

सोमबार, पुष २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.