चितवन
चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एक गैँडा मृतावस्थामा फेला परेको छ । यस क्षेत्रअन्तर्गत कुजौली रेन्जपोष्ट नजिक पोथी गैँडा मृत भेटिएको हो ।
Advertisement
गैँडा मृतावस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्दाजी १८ वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर मरेको उहाँले जानकारी दिनुभयो । निकुञ्ज प्रशासनका अनुसार चालु आर्थिक वर्षमा सातवटा गैँडा मरेका छन् ।
(रासस)