• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

पृथ्वीनारायण शाहका दिव्य उपदेश

  •   बुधबार, पुष २७, २०७९ मा प्रकाशित
अहिले पनि उत्तिकै सान्दर्भिक

नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । उहाँका दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

Advertisement

आफ्नो स्वास्थ्य अवस्था गम्भीर भएका बेला उहाँले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेश दिनुभएको थियो । जसलाई दिव्योपदेश भनिन्छ । नेपाल एकीकरणमा उहाँको योगदान महत्वपूर्ण भए पनि कतिपयले उहाँको आलोचना गर्ने गरेका छन् । तै पनि पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेशका कारण उहाँलाई दूरदर्शी राजा समेत भन्ने गरिन्छ ।

केही दिव्योपदेश :

–मेरा साना दुषले आर्ज्याको मुलुक होइन. सबै जातको फुलबारि हो. सबैलाई चेतना भया. यो फुलमारिको छोटा बडा चारै जात छत्तिसै बर्नले यसलाई सम्भार गर्नु पर्दछ.

–आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु. नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ. राजाका भंडार भन्याका रैतानहरू हुन्.

–षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु. गर्‍हाे बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु.

–यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ. चीन बादशाहसित ठुलो घाहा राष्नु. दखिनको समुद्रका बादशाहसित घाहा ता राषनु. तर त्यो महाचतुर छ.

–बुढा मरै भाषा सरै भनि भन्छन्. तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन्.

–चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन् हो भनि सुध्याँञा र त्यो भादगाउ हो. त्यो पाटन. त्यो काठमाडौं हो. भनि देषा(या) र. मेरो मनमा इ तिन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो.

–लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुता हो. अघी गरुडको आषा छलनु. तब सर्पले भ्यागुतो षान पाउछ.

–उप्रान्त ।। यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ. चीन वादशाहसित ठूलो घाहा राष्नु। दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु. तर त्यो महाचतुर छ.

–यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ. षेलषाल मात्र ठुलो रहेछ. कुपको पानि षान्याछेउ बुधि पनी हुंदैन. सुरो पनि हंदैन.

–तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई र्हेया पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ. यस्व भया आफ्नु देस गमन रहन्छ ।।

–पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउछन्.

स्रोत : बाबुराम आचार्य र योगी नरहरिनाथको सम्पादनमा प्रकाशित पुस्तक ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश’

बुधबार, पुष २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.