• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

गर्भवतीलाई पोषण प्रोत्साहन रकम वितरण 

  •   मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित

डुम्रे, १६ फागुन
तनहुँको व्यास नगरपालिकाले गर्भवतीलाई पोषण प्रोत्साहन रकम वितरण गरेको छ । गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम प्रदान गरिएको हो । नगरपालिकाले स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको प्रतिलिपिका आधारमा गर्भवतीलाई प्रतिव्यक्ति रु पाँच हजार प्रदान गरेको छ ।

Advertisement

नगरपालिकाका गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकलअनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्भवती पोषण कार्यक्रमअन्तर्गत हातहातमा रु पाँच हजार प्रदान गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । नगरप्रमुख न्यौपानेका अनुसार नगरपालिकाअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवाको प्रवाहीकरणको सुनिश्चितता गर्ने उद्देश्य राखी कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीका अनुसार नगरपालिका क्षेत्रभित्र मातृ नवशिशु तथा स्वास्थ्य र पोषण प्रवद्र्धन एवं व्यवस्थापन गर्न, स्वास्थ्य कुपोषणमुक्त बालबालिकाको विकास गर्न र मातृ मृत्युदर घटाउन कार्यक्रमबाट मद्दत पुग्नेछ । कार्यक्रमअन्तर्गत ११, १२, १३ र १४ नं वडाका गर्भवतीलाई रु पाँच हजारका दरले रकम प्रदान गरिएको सोतीले बताउनुभयो ।

ती वडाका ६ गर्भवतीलाई प्रतिव्यक्ति रु पाँच हजार रकम वडा कार्यालयमै पुगी प्रदान गरिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख राधा आचार्यले जानकारी दिनुभयो । व्यास नगरपालिकाका एक सय ८६ गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गर्न रकम विनियोजन भएको उहाँले बताउनुभयो ।

महिलासँग उपमेयर कार्यक्रमको नाम दिइएको यस कार्यक्रम नियमित सञ्चालन हुने आचार्यले बताउनुभयो । “यो कार्यक्रमका लागि नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ, यो गर्भवतीको हितमा छ”, आचार्यले भन्नुभयो, “गर्भावस्थामा आवश्यक प्रोटिनयुक्त आहारको व्यवस्थापन गर्न सहयोग पुग्नेछ ।” प्रोत्साहन रकमले गर्भावस्थामा प्रोटिनयुक्त आहार प्राप्त गर्न सहज हुने र मातृशिशु मृत्युदर न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
(रासस)

मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.