• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सुशासन प्रवद्र्धनका लागि प्रविधिमैत्री जनकपुरधाम

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

जनकपुरधाम, १८ फागुन
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्युतीय सुशासन प्रवद्र्धनका लागि सूचना प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ ।

Advertisement

नागरिकले कार्यालयमै धाएर कागजी प्रक्रिया पूरा गर्नुपर्दा भोग्नुपर्ने समस्या समाधानका लागि सूचना प्रविधिको अधिकतम प्रयोगलाई प्रवद्र्धन गर्ने नीतिअनुसार प्रविधि सुधारको पहल भइरहेको उपमहानर प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो । उहाँले अहिले नगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई प्रविधियुक्त र नागरिकलाई सूचना प्रविधिमार्फत सेवाप्रवाहका लागि आवश्यक प्रविधिको व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभयो । “हामीले सुरुमा उपमहानगरभित्र नै प्रविधिको प्रयोगबाट कसरी छिटो र पारदर्शी ढङ्गले काम गर्न सकिन्छ भनेर इ–हाजिरी र सेवाग्राहीले अनलाइनमै आफ्नो विवरण पेश गर्ने गरी काम सुरु गरेका छौँ”, उपमहानगर प्रमुख साहले भन्नुभयो, “अब बिस्तारै नागरिकले कर तिर्न पनि लाइन बस्नुपर्ने परम्परागत शैलीलाई प्रतिस्थापन गर्न डिजिटल सूचना प्रणालीको विकास गर्दैछौँ । त्यसमा उपमहानगरपालिका लागिरहेको छ ।”

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले कर्मचारीलाई समयमै कार्यालय आउने र काम सकेपछि मात्रै जाने गरी अनुशासित बनाउन प्रविधिको प्रयोग इ–हाजिरीबाट सुरु गरिरएको र अब नागरिकलाई लक्षित गरी प्रविधि प्रयोगमा जोड्न दिइने बताउनुभयो । उहाँले गत भदौपछि इ–हाजिरी सुरु गरेको र सेवाग्राहीलाई लक्षित गरी ‘सेमी’ अनलाइन सेवा पनि सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “सकेसम्म हाम्रा सबै सेवा डिजिटलाइज्ड गर्ने गरी अगाडि बढेका छौँ । आर्थिक कारोबारको नियमितता, मितव्ययीता र कार्यदक्षता अभिवृद्धिका लागि महालेखा नियन्त्रक कार्यालयको निर्देशनबमोजिम स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सफ्टवेयर प्रयोगमा ल्याइसकेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत शशीले भन्नुभयो, “राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) को प्रयोगका लागि महालेखालाई पत्र लेखिसकेका छौँ, त्यो कार्यान्वयनमा आए हामी मधेसमै पहिलो स्थानीय निकाय हुनेछाँै ।”

जनकपुरधाम उपमहानरपालिका चेकबाट रकम हस्तान्तरणलाई निस्तेज गरी विद्युतीय कोष हस्तान्तरण प्रणालीको प्रयोगमार्फत कारोबार गर्ने धनुषा जिल्लाकै पहिलो स्थानीय निकाय हो । प्रमुख प्रशासकीय अधिकृत शशीले उपमहानगरपालिकालाई पूर्ण प्रविधिमैत्री बनाउन मोबाइल एपको विकास गर्ने योजना रहेको र योजना, लागत, कार्यान्वयन हुने क्षेत्र तथा प्रगति विवरणसमेत थाहा पाउने गरी अनलाइन प्रणाली विकास गरिने पनि बताउनुभयो । “सेवा प्रवाहलाई प्रविधियुक्त र अझ व्यवस्थित बनाउन पहल गरिएको छ, डिजिटल सहर बनाउने क्रममा अब करदाताले नगरपालिकाले सङ्कलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायतका राजस्व जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाउने योजना छ । छिट्टै यसको कार्यान्वयन हुने गरी काम गर्छौं”, शशीले भन्नुभयो ।

त्यसैगरी वडा कार्यालय र नगर क्षेत्रमा रहेका वडा स्वास्थ्यचौकीलाई एकै ठाउँबाट अनुगमन गर्न मिल्ने गरी अनलाइन प्रणालीको विकास गर्ने योजना रहेको र अहिले सामाजिक सुरक्षा पञ्जीकरण कार्यका लागि २५ वटै वडामा कम्प्युटर अपरेटर नियुक्त गरी काम अगाडि बढेको उपमहानगरपालिकाले जनाएको छ । “उपमहानगरपालिका र यसअन्तर्गतका २५ वटै वडालाई अनलाइन प्रणालीमा जोड्ने काम हुँदैछ । डिजिटल नक्सा र यहाँका घरहरुको अनलाइन ‘कोडिङ’को काम पनि हुन्छ । यसले सेवा प्रवाहमा थप सहजता ल्याउने छ”, शशीले अगाडि भन्नुभयो । सामाजिक सुरक्षा पञ्जीकरण कार्यलाई सहज बनाउन हाल ३५ जना कम्प्युटर अपरेटर नियुक्त भई आवश्यक कार्य सुरु गरिसकेको पनि शशीले जनाकारी दिनुभयो ।

जनकपुर धार्मिक नगरी पनि भएकाले सुरक्षा व्यवस्थापनका लागि नगर क्षेत्रमा रहेका सिसीटिभीबाट एकै ठाउँबाट अनुगमन गर्ने गरी एकीकृत सञ्जाल निर्माणको काम पनि सुरु गर्न थालिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभरि हाल प्रदेश सरकार र अन्य निकायले करिब ५० वटा सिसीटिभी जडान गरेकोमा अब नगरपालिकाले पनि मुख्य तथा अत्यावश्यक ठाउँमा थप गरी त्यसलाई एउटै सञ्जालमा जोडेर अनुगमन गर्दा सुरक्षाका दृष्टिले सहजता प्रदान गर्ने अपेक्षा छ ।

अहिले जनकपुरलाई प्रविधिको माध्यमबाट जान्नका लागि एप सञ्चालनमा ल्याएको छ । “डिजिटल जनकपुरधामको योजना साकार पार्न अहिले हामीले जनकरधामलाई नजिकबाट जान्नका लागि ‘भिजिट जनकपुर’ एप सञ्चालनमा ल्याइसकेका छौँ”, उपमहानगर प्रमुख साहको भनाइ थियो, “अब यहाँका हरेक घरहरुको डिजिटल ‘कोडिङ’को काम भएमा सुरक्षादेखि हरेक गतिविधिमा सहज पहुँचका लागि टेवा पुग्नेछ ।”

उपमहानगरलाई नागरिक सेवा केन्द्रका रूपमा विकास गर्ने पनि ‘करदेखि घर’ मा सूचना प्रणाली पहुँच र प्रयोगलाई प्रोत्साहन गर्न जरुरी रहेको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको भनाइ छ । उहाँले अभिलेखीकरणलाई व्यवस्थित बनाउँदै योजना तर्जु, अनुगमन, गुनासा व्यवस्थापनलगायतका काममा सहज हुने गरी प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अगाडि बढ्न नगरपालिकाले आवश्यक प्रविधि सुधारको काम गरिरहेको बताउनुभयो ।
(रासस)

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.