• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सडक निरीक्षणमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठसँग स्थानीय आक्रोशित

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

फागुन १८, काठमाण्डाै

Advertisement

भक्तपुरको कमलविनायक–नगरकोट सडक खण्ड अनुगमन गर्न पुग्नुभएका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग स्थानीय आक्रोशित भएका छन् ।

बिहीवार मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली त्यस सडक खण्डको स्थलगत निरीक्षणका लागि पुग्दा स्थानीयले वर्षाैँदेखि आश्वासनमात्रै बाँडेर सडक निर्माण सम्पन्न नगरेको भन्दै मन्त्रीलाई नै घेरेर आक्रोश पोखेका हुन् । अनुगमनमा मन्त्री मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि थिए ।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठलाई घेरेका स्थानीयले ९ वर्षसम्म बाटो नबनाएको र रात–दिन सुत्नसमेत नदिएको आरोप लगाए । स्थानीयले मन्त्री आउने भनेपछि पानी हालेर बाटोमा धुलो उड्न रोकेको भन्दै आक्रोश पोखे । उनीहरूले खराब बाटोकै कारण आफन्त गुमाएको भन्दै कहिलेसम्म नागरिकलाई गुमराहमा राख्ने भन्दै प्रश्न गरे ।

उनीहरूले कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने ठेकेदार कम्पनीहरूलाई सरकारले किन पक्षपोषण गरिरहेको छ भन्दै प्रश्न गरेका थिए । उनीहरूले अहिले काम गरिरहेको ठेकेदार कम्पनीको ठेक्का रद्द गर्न पनि माग गरेका छन् ।

मन्त्री श्रेष्ठले स्थानीयको माग सम्बोधन हुने र समयमा नै अब काम सक्ने आश्वासन दिनुभयो । उहाँले हेलचेक्राँइ भएको तर अबका दिनमा नहुने प्रतिबद्धता जनाउनुभयो ।

अनुगमन टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन गरेको हो । शैलुङ कन्स्ट्रक्सनले कमलविनायक–नगरकोट सडक खण्ड ठेक्का पाएको छ । तर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । सडक निर्माणमा भएको ढिलासुस्तीका कारण स्थानीयले वर्षाैँदेखि सास्ती खेपिरहेका छन् ।

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.