• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष तिमिल्सिना

  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित

फागुन १९, काठमाण्डाै

Advertisement

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरूले भ्रष्टाचारीलाई कारबाही गर्ने गरी सहमति गर्नुपर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी सङ्गठन ‘नेपाल च्याप्टर’ ले शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले २०४६ सालयताका भ्रष्टाचारलाई छानबिन गरी कारबाही गर्न दलहरू तयार हुनुपर्ने बताउनुभयो । राजनीतिक दलहरूले देशमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयाे । भ्रष्टहरूलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन सकेको खण्डमा देशमा भ्रष्टाचार नियन्त्रण हुने उहाँकाे भनाइ थियो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा एउटा राष्ट्रिय सहमति आवश्यक छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरू, पदाधिकारीहरू, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीहरूबीच एउटा राष्ट्रिय सहमति गरौँ न । त्यो सहमति भनेको भ्रष्टाचार नियन्त्रण गर्ने । भ्रष्टाचारीलाई कारबाही गर्ने । बहुदल आएयताका भ्रष्टाचारमा छानबिन हाेस् । चाहे त्यो विमान खरिदमा होस्, नियुक्ति गर्दा होस्, जग्गाका कुरा होलान् । ती सबैलाई एक ठाउँमा राखेर त्यसमा स्वतन्त्र छानबिन गरौँ । म, हामी जो परे पनि जेल जानेसम्मको कारबाही गर्न सकिन्छ भन्न सकिन्छ ।’

अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरूलाई सशक्त बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.