• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

गर्भवती हत्याका अभियुक्तलाई कैद सजाय

  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित

सप्तरी, १९ फागुन
गर्भवतीको हत्या गरेको आरोप लागेका नन्दी मण्डललाई तीन वर्षको कैद सजाय सुनाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सुनुवाई गर्दै मण्डललाई तीन वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो ।

Advertisement

हत्याको आरोप लागेका मृतकका देवर राजविराज नगरपालिका–१५ मुसहर्नियाका मुर्जा भनिने पञ्चदेव साह र निजकी श्रीमती प्रमिलादेवीलाई विसं २०७८ भदौ २७ मा जन्मकैद सजाय भएको थियो । साथै प्रमिलाका दाजु डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका सत्यनारायण साहलाई तीन वर्ष कैद सजायको फैसला भएको थियो ।

अदालतले गत कात्तिक १६ गते हाजिर भई पुर्पक्षका लागि थुनामा रहेका सोही ठाउँका ताराचन्द्र साह र कात्तिक २७ मा अदालतमा हाजिर भई थुनामा रहेका सोही ठाउँका गोपीचन्द्र साहलाई भने सफाइ दिएको छ ।

राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या आरोपमा पञ्चदेवसहित राजविराज नगरपालिका–१५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ५० वर्षीय थापा भनिने जिवछनारायण साह साउन ७ गते पक्राउ परेका थिए । यस्तै प्रहरीले २०७५ साउन ९ गते प्रमिलादेवी र निजका दाजु सत्यनारायणलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका धर्मेन्द्र र जिवछनारायणले २०७८ भदौ २७ गते अभियोगबाट सफाइ पाएका थिए । अदालतमा २०७८ पुस १९ गते हाजिर भएका जयनारायण साह सोही दिन पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा गएकामा २०७९ भदौ २९ गतेको इजलासबाट सफाइ पाएका थिए ।

बेचनीको शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको ‘सेफ्टिक ट्याङ्की’मा फेला परेको थियो । गाउँमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोलीले उनको घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टिकट्याङ्कीबाट गलेको अवस्थामा रहेको शव २०७५ असार १ गते उत्खनन् गरी निकालेको थियो ।

भारत पञ्जाबको जालन्धरबाट २४ वर्षपछि २०७२ असार ११ गते घर फर्केको भनिएका सूर्यनारायण साहले २०७२ मा सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ लालापट्टि खुदीभखारीकी बेचनीसँग विवाह गरेका थिए । मृतकका बुवा रामकुमार साहले जिल्ला प्रहरी कार्यालयमा मृतककी सासु ५५ वर्षीया सोमनीदेवी भनिने शोमादेवी साह, मृतकका देवर पञ्चदेव, निजकी श्रीमती प्रमिला, उनीहरूका छोरा सन्तोषविरुद्ध जिल्ला प्रहरी कार्यालयले २०७५ असार २९ गते उजुरी दर्ता गरेको थियो ।

मृतकका पति सूर्यनारायण र निजकी छोरी दुई वर्षीया प्रतिभासमेत बेपत्ता छन् । उनीहरूलाई समेत हत्या गरेर नदीमा फालेको आशङ्कामा प्रहरीले खोजी गरे पनि शव फेला परेको छैन ।
(रासस)

शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.