• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

मस्तिष्क मृत्युपछि गरिएको अंगदानले एक किशोरीबाट तीन जनाको पुनर्जीवन

  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित

१९ फागुन, काठमाडौं ।

Advertisement

मस्तिष्क मृत्युपछि गरिएको अंगदानका कारण एक जनामा कलेजो प्रत्यारोपण र दुई जनामा मिर्गौला प्रत्यारोपण भएको छ ।

१६ फागुनमा एकै साथ दुईवटा मिर्गौला र एक कलेजोको सफल प्रत्यारोपण गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

मंगलबार ६८ एक वर्षीय पुरुषमा कलेजो, ४७ र ३५ वर्षीय दुई पुरुषमा सफल मिर्गौला गरेको केन्द्रले जनाएको छ । भक्तपुरस्थित मध्यपुर अस्पतालमा मस्तिष्क मृत्यु भएकी एक किशोरीको अंगबाट ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो । यस्तै, रुपन्देहीको मायादेवी गाउँपालिका–४ का ४७ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट सफल कलेजो प्रत्यारोपण गरिएको नेपालमै यो पहिलो हो । यसअघि दुई वटा प्रयास भएपनि ती सफल हुन सकेका थिएनन् ।

एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अंग प्रत्यारोपण हुन सक्ने डा. श्रेष्ठ बताउँछन् । जसमा दुई जनामा मिर्गौला, दुई जनामा फोक्सो, एक कलेजो, एक मुटु, एक प्यान्क्रियाज र एक सानो आन्द्रालगायत प्रत्यारोपण गर्न सकिन्छ । हालसम्म पाँच जना मस्तिष्क मृत्यु भएका मानिसबाट अगंदान भएको केन्द्रले जनाएको छ ।

विज्ञका अनुसार ब्रेन डेथ भएकाहरूको शरीरबाट निकालिने मिर्गौला २४ घण्टासम्म प्रत्यारोपण गर्न मिल्छ । कलेजो १२ घन्टा, प्यान्क्रियाज १० घन्टा र मुटु तथा फोक्सो चारदेखि ६ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ ।

नेपालमा मिर्गौला, आँखाको नानी, कलेजो प्रत्यारोपण हुन्छ । मुटु, फोक्सो, प्यान्क्रियाज र सानो आन्द्रा जस्ता अन्य अंगहरूको प्रविधि तथा जनशक्ति अभावका कारण प्रत्यारोपण सुरु हुनसकेको छैन । सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपणको समन्वय एकाइ तोकेको छ ।

चिकित्सकहरूले मस्तिष्क मृत्यु भएको अवस्थालाई चिकित्सा विज्ञानले पूर्ण मृत्यु मान्छ । किनकि मस्तिष्क मृत्यु भएको खण्डमा कुनै पनि उपचारबाट बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिन्न । तर भेन्टिलेटरको सहायतामा शरीरका केही अंग चलायमान राख्न सकिन्छ ।

चिकित्सकका अनुसार मस्तिष्क मृत्यु भएको मानिसबाट अंग निकाल्नका लागि मुटु भने चलिरहेको हुनुपर्छ । त्यो अवस्थामा मृतकका आफन्तले अंग दान गर्न सक्छन् । तर, अझै पनि जनचेतनाको अभाव र मस्तिष्क मृत्यु भएको जानकारी नपाउँदा पनि अंग दानमा कमी आइरहेको विज्ञको भनाइ छ ।

शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.