• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

नेपाल मेडिकल काउन्सिलले गर्‍यो डा. सुनील शर्मालाई एक हप्ता निलम्बन

  •   आइतबार, फागुन २८, २०७९ मा प्रकाशित

२८ फागुन, काठमाडौं
चर्चित पेट तथा पाचन प्रणाली (ग्यास्ट्रोइन्टेस्टाइन, जीआई) शल्यचिकित्सक डा.सुनीलकुमार शर्मालाई नेपाल मेडिकल काउन्सिलले एक हप्ता निलम्बन गरेको छ ।
गत शुक्रबार बसेको काउन्सिलको बैठकले डा. शर्मालाई एक हप्ता निलम्बन गरेको हो । गत १७ जेठमा स्वास्थ्य उपचारका लागि नेपाल मेडिसिटी अस्पताल पुगेका पोखराका योगेन्द्र बस्नेतको मृत्युको कारण अस्पताल प्रशासन र चिकित्सक गैरजिम्मेवार बनेको भन्दै परिवारले काउन्सिलमा उजुरी दिएका थिए ।
‘बिरामीको अप्रेशनपछि फलोअपमा उहाँहरुको कमजोरी देखियो । बिरामीको पक्षले दिएको उजुरी र चिकित्सकको बयानको आधारमा काउन्सिलले डा. शर्मा र ड्युटीमा रहेका डाक्टर राजिव मिश्रलाई एक हप्ता निलम्बन गरिएको हो,’ काउन्सिलका एक सदस्यले भने ।
सामान्य स्वास्थ्य जाँच गर्न मेडिसिटी अस्पताल पुगेका योगेन्द्रको चिकित्सकले पित्त थैलीको अपरेशन गर्नुपर्ने बताएपछि गत जेठ २२ मा ल्याप्रोस्कोपी विधिद्वारा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि बिरामीलाई ‘पोष्ट अपरेटिभ वार्ड’ मा सारिएको थियो । तर, बिरामीले २४ गते अप्रेशन गरेको भागको दुखेको भन्दै स्वास्थ्यकर्मीलाई खबर गरेका थिए ।
स्वास्थ्यकर्मीले जाँच गर्दा रक्तचाप सामान्य देखिएपछि बिरामी शौचालय जाँदा लडेका थिए । चिकित्सकको टोलीले स्वास्थ्य जाँच गर्दा सामान्य अवस्था भएको भन्दै बाहिरिएका थिए । सोही राति बिरामीको ३ बजे अचेत भएपछि मेडिकल अफिसरले कृतिम श्वास दिएर आइसीयूमा राखेका थिए ।
अस्पतालका चिकित्सकले भिडियो एक्सरे गरेर आन्तरिक रक्तश्राव भएको भन्दै पुनः अपरेशन गर्नुपर्ने बताएका थिए ।
अप्रेसन गरी रक्तश्राव नरोकिएको तथा ‘मल्टी अर्गन फेल’ भएको कारणले बिरामीलाई पुनः भेन्टिलेटरमा राख्नुपर्ने र बाँच्ने सम्भावना न्यून रहेको भन्दै बिरामीका आफन्तलाई चिकित्सकले खबर गरेका थिए ।
भेन्टिलेटरमा राखिएको अवस्थामा नै २०७९ जेठ २५ गते २ बजे बिरामीको मृत्यु भयो ।
‘अनुसन्धानमा बिरामीको जटिलता भए पनि चिकित्सकले ध्यान नदिएको देखिन्छ । पछि चिकित्सकले बिरामीलाई हेर्दा संक्रमण फैलिएर बिरामीको मृत्यु भयो,’ काउन्सिलका ती सदस्यले भने । डा. शर्मा मेडिसिटी अस्पतालमा सर्जन विभागका प्रमुख हुन् । ल्याप्रोस्कोपिक सर्जरी तथा जनरल सर्जरीमा नेपालकै टप डाक्टरमध्ये पर्छन् ।
पीडित परिवारले अस्पताल प्रशासन समक्ष ६ असारमा छानबिन गरिपाउँ भन्दै निवेदन दिएका थिए । २२ असारमा प्रशासनले केही कमीकमजोरी भएको स्वीकार गर्दै अस्पतालले पीडितको माग अनुसार डा.जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता प्रा.डा. जयन्द्र बज्राचार्यले मृतकका छोरा समीर बस्नेतलाई सम्बोधन गरी लेखेको पत्रको दोस्रो बुँदामा भनिएको थियो, ‘बिरामीको अवस्थाबारे विभिन्न तहहरुमा जानकारी दिने तथा संवाद गर्ने क्रममा उपचारमा संलग्न एमसीएच रेजिडेन्ड डाक्टर, मेडिकल अफिसर तथा उपचारिकाबाट केही कमीकमजोरी भएको हुँदा उपचारमा संलग्न एमसीएच रेजिडेन्ड डाक्टर, मेडिकल अफिसर तथा उपचारिकालाई तत्काल निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।’
जेठ २४ गते राति १० बजे डा. राजिव मिश्रले बिरामीको स्वास्थ्य अवस्था ठिक भएको भन्दै डा. शर्मालाई जानकारी दिएका थिए । काउन्सिलका ती सदस्यका अनुसार चिकित्सकहरु बीच संवाद नहुँदा बिरामीको स्वास्थ्य अवस्था बिग्रिएको स्वीकार गरेका छन् ।
आफ्नो नेतृत्वमा रहेको बिरामीको जटिलता उत्पन्न हुँदा पनि समयमै उपचार गर्नमा ढिलाइ भएकाले डा. शर्मालाई निलम्बन गरिएको काउन्सिलको ठहर छ । ‘काउन्सिलले पत्र काटेर पठाएको दिन देखि सातदिनसम्म उहाँहरू निलम्बनमा हुनेछन्,’ ती चिकित्सकले भने ।
काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले सूचना नलुकाउने र केही दिनमा यस बिषयको निर्णय सार्वजानिक गर्ने बताए ।

Advertisement

आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.