• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, फागुन २१, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन

  •   सोमबार, फागुन २९, २०७९ मा प्रकाशित

२९ फागुन, वीरगञ्ज
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ गते मात्रै स्ववियु निर्वाचन हुने भएको छ । निर्वाचन अधिकृत रोशन लामिछानेले सोमबार सार्वजनिक गरेको संसोधित निर्वाचन तालिकामा चैत ८ गते बिहान ८ बजेदेखि ४ बजेसम्मम मतदान हुने उल्लेख छ ।
त्रिभुवन विश्व विद्यालय र त्यसका आंगिक क्याम्पसहरुमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्रिविद्वारा प्रकाशित स्ववियु निर्वाचन तालिका बमोजिम सम्पूर्ण कार्यक्रम हुनुपर्नेमा विशेष कारणबस निर्वाचन तालिकामा संसोधन गर्नुपरेको उनले बताए ।
फागुन ३० गते मनोनयन पत्र वितरण गर्ने, चैत १ गते नामावली दाखिला गर्ने, चैत १ गते साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेगरि निर्वाचन तालिका संसोधन गरिएको छ ।
चैत २ गते उम्मेदवारको विरुद्ध दावी विरोध प्रस्तुत गर्ने र दावी विरोध उपर छानविन गरेर नामावली प्रकाशित गर्ने, चैत ३ गते उम्मेदवारले नाम फिर्ता लिने अन्तिम समय र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरि तालिका तयार गरिएको छ ।
फागुन २३ गते सार्वजनिक गरिएको प्रारम्भिक मतदाता नामावली त्रुटी देखिएपछि विद्यार्थी संघ संगठन र समूहले विरोध जनाएका थिए । उनीहरुले त्रुटी बारे छानविन हुनुपर्ने माग राखेका थिए ।
यही विषयलाई लिएर केहि उछृङ्खल विद्यार्थीले विद्यार्थी कल्याणको कोठामा आगजनीसमेत गरेका थिए । जसले गर्दा फागुन २५ गते गते अन्तिम मतदाता नामावली प्रकाशित हुन सकेको थिएन ।
मतदाता नामावलीमा देखिएको त्रुटी छानविनका रघुनाथप्रसाद चौरसियाको संयोजकत्वमा समिति गठन गरिएको थियो । तीन दिनभित्र त्रुटी बारे छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको थियो । विद्यार्थी संगठनहरुबाट छानविनमा असहयोग भएको भन्दै उनले आईतबार राजिनामा दिएका थिए ।
पुनः सहायक क्याम्पस प्रमुख अनिलकुमार रमण नेतृत्वको छानबिन समितिले नामावलीमा देखिएको समस्या समाधान गरेर सोमबार नै प्रतिवेदन निर्वाचन समितिमा पेश गरेको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले ९ हजार ७ सय जना मतदाताको नामावली क्याम्पसको वेबसाइटमा राखिएको थियो ।

Advertisement

सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.