• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

विश्वासको मत दिन कांग्रेसको सर्तले बाग्मतीका मुख्यमन्त्री अप्ठेरोमा 

  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राप्रपाले सरकार छोडेको एक महिना पुग्नभन्दा अगाडि नै विश्वासको मत लिएर ढुक्कसँग बस्ने योजना बनाउनुभएकाे थियाे । यही चैत १३ गते प्रदेश सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्दै छ । तर त्यसभन्दा अगाडि नै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो अनुकूलतामा विश्वासको मत लिने तयारी गरे पनि त्यो आज सफल हुन सकेन । प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने समयमा काठमाण्डौमा कांग्रेसले अर्को बैठक राखेर मुख्यमन्त्रीले तोकेको समयमा विश्वासको मत नदिने गरी रणनीति लिएको हो ।

Advertisement

प्रदेशका मुख्यमन्त्रीसँग प्याकेजमा सहमति गरेरमात्र विश्वासको मत दिने नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाको तयारी छ । एमालेसँगको सहमतिमा साढे दुई वर्षमात्र मुख्यमन्त्री चलाउने सहमति गरेपछि अब कांग्रेसको सहकार्यमा पनि प्रदेश सरकार बन्दा त्यो सहमति कांग्रेससँग पनि हुनुपर्ने माग नेता लामाले राख्नुभएकाे छ । विना सहमति र सर्तमा, सहमति नभएसम्म मुख्यमन्त्री जम्कट्टेललाई विश्वासकाे मत नदिने कांग्रेस नेताहरू बताउँछन् ।

नेकपा एमालेले पनि माओवादी नेतृत्वको सरकार छोड्दा प्रदेश सभा बैठकमा सम्बोधन गरेरमात्र सरकार छोड्ने अर्को सर्त राखेको छ । राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बाग्मती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले सरकारबाट बाहिरिनका लागि सर्त अघि सारेको हो । बाग्मती प्रदेश सभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूहरू प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेरमात्र बाहिरिने प्रस्ट पार्नुभयाे ।

‘हामी सरकारमै बसिरहने भन्ने होइन’, उहाँले भन्नुभयाे, ‘हामी राजीनामा दिन तयार छौँ तर प्रदेश सभा बैठकमा आफ्नो कुरा राख्न चाहन्छाैँ ।’ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सरकारबाट एमाले हटेपछि मात्र विश्वासको मतलगायतका प्रक्रिया अघि बढाउन दबाब दिएका छन् ।

एमालेले भने प्रदेश सभा बैठकमा आफ्नो कुरा राख्न पाउनुपर्ने, त्यसपछि मात्र सरकारबाट बाहिरिने सर्त राखेको हो । थपलियाले भन्नुभयाे, ‘प्रदेश सभा बैठक जहिले बोलाउँछन्, त्यही बेला हामी आफ्ना कुरा राखेर राजीनामा दिन्छौँ । प्रदेश सभा बैठक आजै बसेमा आजै राजीनामा दिन तयार छौँ ।’बाग्मतीका मुख्यमन्त्री अप्ठेरोमा : विश्वासको मत दिन कांग्रेसको सर्त, सरकार छोड्न एमालेको अर्को सर्त
चैत ८, २०७९ बुधबार १७:४४:२६ | हरि हुमागाईंFacebookTwitterViberEmailPrintFriendlyShare
unn.prixa.net
तस्बिर : रासस
मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राप्रपाले सरकार छोडेको एक महिना पुग्नभन्दा अगाडि नै विश्वासको मत लिएर ढुक्कसँग बस्ने योजना बनाउनुभएकाे थियाे । यही चैत १३ गते प्रदेश सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्दै छ । तर त्यसभन्दा अगाडि नै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो अनुकूलतामा विश्वासको मत लिने तयारी गरे पनि त्यो आज सफल हुन सकेन । प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने समयमा काठमाण्डौमा कांग्रेसले अर्को बैठक राखेर मुख्यमन्त्रीले तोकेको समयमा विश्वासको मत नदिने गरी रणनीति लिएको हो ।

प्रदेशका मुख्यमन्त्रीसँग प्याकेजमा सहमति गरेरमात्र विश्वासको मत दिने नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाको तयारी छ । एमालेसँगको सहमतिमा साढे दुई वर्षमात्र मुख्यमन्त्री चलाउने सहमति गरेपछि अब कांग्रेसको सहकार्यमा पनि प्रदेश सरकार बन्दा त्यो सहमति कांग्रेससँग पनि हुनुपर्ने माग नेता लामाले राख्नुभएकाे छ । विना सहमति र सर्तमा, सहमति नभएसम्म मुख्यमन्त्री जम्कट्टेललाई विश्वासकाे मत नदिने कांग्रेस नेताहरू बताउँछन् ।

नेकपा एमालेले पनि माओवादी नेतृत्वको सरकार छोड्दा प्रदेश सभा बैठकमा सम्बोधन गरेरमात्र सरकार छोड्ने अर्को सर्त राखेको छ । राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बाग्मती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले सरकारबाट बाहिरिनका लागि सर्त अघि सारेको हो । बाग्मती प्रदेश सभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूहरू प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेरमात्र बाहिरिने प्रस्ट पार्नुभयाे ।

‘हामी सरकारमै बसिरहने भन्ने होइन’, उहाँले भन्नुभयाे, ‘हामी राजीनामा दिन तयार छौँ तर प्रदेश सभा बैठकमा आफ्नो कुरा राख्न चाहन्छाैँ ।’ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सरकारबाट एमाले हटेपछि मात्र विश्वासको मतलगायतका प्रक्रिया अघि बढाउन दबाब दिएका छन् ।

एमालेले भने प्रदेश सभा बैठकमा आफ्नो कुरा राख्न पाउनुपर्ने, त्यसपछि मात्र सरकारबाट बाहिरिने सर्त राखेको हो । थपलियाले भन्नुभयाे, ‘प्रदेश सभा बैठक जहिले बोलाउँछन्, त्यही बेला हामी आफ्ना कुरा राखेर राजीनामा दिन्छौँ । प्रदेश सभा बैठक आजै बसेमा आजै राजीनामा दिन तयार छौँ ।’

बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.