• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

माओवादी केन्द्रले प्रशिक्षक उत्पादन गर्दै

  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।

Advertisement

माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलवार (हिजो) देखि ‘केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ चलिरहेको छ । यस कार्यक्रममार्फत जिल्ला–जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको जनाइएको छ । प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट एक जना, प्रत्येक प्रदेशबाट दुई/दुई जना, जनवर्गीय सङ्गठनका केन्द्रीय अध्यक्ष र केन्द्रीय स्कुल विभागका सदस्यहरूको उपस्थिति रहेको छ ।

११ गतेसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रका शीर्ष नेता तथा विषयविज्ञहरूले प्रशिक्षण दिने पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । स्कुल विभागले तय गरे अनुरूपको पाठ्यक्रममा आधारित भएर २६ वटा कक्षा प्रशिक्षार्थीहरूलाई दिइने उहाँले बताउनुभयो ।

उपमहासचिव एवम् केन्द्रीय स्कुल विभागका संयोजक पोखरेलले पार्टीको विचारधारात्मक स्तर निकै कमजोर हुँदै गएकोले यस किसिमको प्रशिक्षण आवश्यक परेको बताउनुभयो । उहाँले प्रशिक्षणबाट आलोचनात्मक चेत भएको मान्छे उत्पादन गर्ने, कार्यकर्ताहरूलाई जनसमुदायसँग गाँसिएको सेवक बनाउन खोजिएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कुमार पौडेलले पार्टी नेता, कार्यकर्ताहरूलाई वैचारिकरूपमा अध्ययन गराउन प्रशिक्षणको जरुरी परेको बताउनुभयो । उहाँले पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, मार्क्सवाद, लेनिनवाद र माओवादका आधारभूत सिद्धान्तहरू नागरिक र कार्यकर्ताहरूमा एकरूपताका साथ लैजान प्रशिक्षण चाहिने उल्लेख गर्नुभयो ।

केन्द्रीय सदस्य एवम् स्कुल विभागका सचिव रामदीप आचार्यले प्रशिक्षणमा सरकार सञ्चालन, बजेट निर्माण र जनसहभागिताको विषयमा छलफल गरिने बताउनुभयो । त्यस्तै विज्ञान र प्रविधिलाई बुझ्ने र त्यसको प्रयोग गर्ने सन्दर्भमा पनि छलफल हुने उहाँको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) बाग्मती प्रदेश समिति सदस्य विदुर खड्काले युवाहरूलाई नेतृत्व तहसम्म पुर्‍याउनका लागि पनि यस्ता किसिमका वैचारिक प्रशिक्षणहरू आवश्यक पर्ने बताउनुहुन्छ । माओवादी केन्द्रले केन्द्रीय समितिमा २० प्रतिशत युवाहरूलाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले माथिल्लो समितिहरूमा पनि युवाहरूलाई भूमिका दिन पार्टीले कोसिस गरिरहेको बताउनुभयो ।

बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.